+

साफ महिला क्लब च्याम्पियनसिपमा एपीएफसहित ५ टोलीले प्रतिस्धा गर्ने

२०८२ असोज  ३ गते १२:०६ २०८२ असोज ३ गते १२:०६
साफ महिला क्लब च्याम्पियनसिपमा एपीएफसहित ५ टोलीले प्रतिस्धा गर्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साफ महिला क्लब च्याम्पियनसिप आगामी डिसेम्बर ५ देखि २० सम्म नेपालमा हुने भएको छ।
  • प्रतियोगितामा बंगलादेश, भुटान, भारत, नेपाल र पाकिस्तानका पाँच देशका क्लबहरू सहभागी हुनेछन्।
  • प्रतियोगिताको रंगशाला भने अहिलेसम्म तोकिएको छैन।

१० जेठ, काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिप आगामी डिसेम्बरमा हुने भएको छ ।

यसअघि गत जेठमा साफ कंग्रेसबाट नोभेम्बरमा गर्ने तय भएपनि साफले मिति डिसेम्बरलाई तोकेको हो ।

प्रतियोगिता डिसेम्बर ५ देखि २० सम्म नेपालमा हुनेछ। रंगशाला भने तोकिएको छैन । प्रतियोगितामा दक्षिण एसियाका पाँच देशका क्लबहरू सहभागी हुनेछन्।

भाग लिने टोलीहरूमा बंगलादेशको नस्रिन स्पोर्ट्स एकेडेमी, भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी, भारतको इस्ट बंगाल एफसी, नेपालको एपीएफ फुटबल क्लब र पाकिस्तानको कराची फुटबल क्लब रहेका छन्।

साफ महिला क्लब च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय