+
+
Shares

दोस्रो विश्वयुद्धका २ बम भेटिएपछि बर्लिनमा २० हजार मानिस प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३ गते १६:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जर्मनीको राजधानी बर्लिनमा दोस्रो विश्वयुद्धकालीन दुई बम फेला परेपछि करिब २० हजार मानिसलाई घर खाली गर्नुपरेको छ।
  • पहिलो बम स्प्री नदीको फिसरइन्सेल क्षेत्रमा फेला परेको थियो र करिब १० हजार मानिस हटाइएको छ।
  • दोस्रो बम स्पान्डाउ जिल्लामा फेला परेको थियो र करिब १२ हजार ४०० मानिस हटाइएको छ, यसलाई शुक्रबार निष्क्रिय गरिनेछ।

३ असोज, काठमाडौं । जर्मनीको राजधानी बर्लिनमा बिहीबार साँझ दोस्रो विश्वयुद्धकालीन दुई बम फेला परेपछि करिब २० हजार मानिसलाई आफ्नो घर खाली गर्नुपरेको छ।

प्रहरीले बम वरिपरि ५०० मिटरको सुरक्षा घेरा बनाएर घर-घरमै गएर मानिसलाई बाहिर निस्कन आदेश दिएको थियो ।

पहिलो बम स्प्री नदीको फिसरइन्सेल क्षेत्रमा फेला परेको हो, जहाँ करिब १० हजार मानिसलाई हटाइएको छ ।

बिहीबार रातिदेखि नै बम फेला परेको ५०० मिटर क्षेत्रलाई सुरक्षित क्षेत्र घोषणा गर्दै प्रहरी घर–घर पुगेर सूचना दिएको थियो ।

यस क्षेत्रमा केही दूतावास र सरकारी कार्यालयहरू पनि पर्छन् । त्यहाँ सडक बन्द गरिएको छ र एक मेट्रो लाइन अस्थायी रूपमा रोकिएको छ । विकल्प नभएका नागरिकका लागि अस्थायी शिविर बनाएर राखिएको स्थानीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

दोस्रो बम पश्चिमी जिल्ला स्पान्डाउमा भेटिएको हो । करिब १०० किलो तौलको यो बम बुधबार फेला परेको थियो । शुक्रबार यसलाई निष्क्रिय गरिनेछ । यस क्षेत्रमा करिब १२ हजार ४०० मानिसलाई हटाइएको छ ।

प्रहरीका अनुसार बमबाट ठूलो जोखिम नभएकाले तत्काल सुरक्षाकर्मी परिचालन गरी पछि निष्क्रिय गर्ने तयारी गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?