
फाइल फोटो
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एकीकृत समाजवादीले तोकिएकै समयमा प्रतिनिधि सभा चुनाव हुने वातावरण बनाउन सरकार र सबै पक्षसँग आग्रह गरेको छ।
- पार्टीको सचिवालय बैठकले निष्पक्ष, शान्तिपूर्ण र भयरहित निर्वाचन सुनिश्चित गर्न सबैमा हार्दिक आह्वान गरेको छ।
- एकीकृत समाजवादीले जेनजी विद्रोहमा भएको दमन र क्षतिबारे छानबिन गर्न आयोग गठनको माग गरेको छ।
३ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीले तोकिएकै समयमा प्रतिनिधि सभा चुनाव हुने वातावरण बनाउन सरकार र सम्बन्धित सबै पक्षसँग आग्रह गरेका छन् ।
बिहीबार बसेको सचिवालय बैठकले तोकिएकै समयमा चुनाव गराउने वातावरणका निम्ति सबै पक्षसँग आग्रह गर्ने निर्णय गरेको हो ।
‘तोकिएको मितिमा निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातारणमा निर्वाचन सुनिश्चित गर्न, गराउन हाम्रो पार्टी नेपाल सरकार, राजनीतिक दलहरू, नागरिक समाज एवं सम्बन्धित सबैमा हार्दिक आह्वान गर्दछ,’ प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जारी गरेको वक्तव्यमा भनिएको छ ।
एकीकृत समाजवादीले जेनजी विद्रोहमा भएको दमन र प्रदर्शनकारीबाट भएको भौतिक संरचना क्षतिबारे छानबिन गर्न आयोग गठनको माग पनि राखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4