+
+
Shares

दशैं नजिकियो, बसपार्कमा बढ्न थाल्यो भीड

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ४ गते १४:०७

४ असोज, काठमाडौं । बडादशैं नजिकिएसँगै घर फर्कने यात्रुहरुको संख्या बढ्दै गएको छ ।

काठमाडौंको नयाँ बसपार्क, कलंकी, कोटेश्वर, बल्खु लगाएतका स्थानबाट उपत्यका छाड्ने सार्वसाधारणको संख्या बढेको हो ।

उपत्यकाका बिभिन्न नाकाबाट यसअघिका बर्षको तुलनामा यस बर्ष घटस्थापना अघि नै धेरै सर्वसाधारण बाहिरिएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयले जनाएको छ ।

हाल अरनिको राजमार्ग, त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग र दक्षिणकाली–हेटौँडा र कान्ति राजमार्ग भएर यात्रीहरू आफ्ना गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।

यस बर्ष पनि १५ लाख भन्दा बढि सर्वसाधारण दशै मनाउन घर फर्कने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?