
News Summary
Generated by OK AI. Editorially reviewed.- युवापुस्ताका चर्चित गायक पूर्ण राईले जेनजी आन्दोलनका शहीदलाई समर्पित नयाँ गीत 'शहीद' सार्वजनिक गरेका छन्।
- पूर्ण राईले गीतमा आफ्नो शब्द, संगीत र स्वर दिएका छन् र गीत 'जेन जेड आन्दोलनमा आफ्नो ज्यान गुमाउने सबै सहिदहरूको हो' भनी लेखेका छन्।
- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७४ पुगेको जनाएको छ।
काठमाडौं । जेनजी आन्दोलनका शहीदलाई समर्पित गर्दै युवापुस्ताका चर्चित गायक पूर्ण राईले नयाँ गीत ‘शहीद’ ल्याएका छन् ।
युट्युबमा सार्वजनिक गरिएको यो ‘सिंगल ट्रयाक’मा पूर्णले आफ्नो शब्द, संगीत र स्वरमा मर्मस्पर्शी गीत ल्याएका हुन् ।
गीतबारे राईले लेखेका छन्, ‘ यो गीत जेन जेड आन्दोलनमा आफ्नो ज्यान गुमाउने सबै सहिदहरूको हो । तिमीहरू सधैं सम्झिनेछौ !!! आराम गर सुन्दर आत्माहरू ।’
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा अहिलेसम्म मृत्यु हुनेको संख्या ७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4