+

दुई रातो कार्ड देखाइएको खेलमा युनाइटेडले चेल्सीलाई हरायो

२०८२ असोज  ५ गते ८:५३ २०८२ असोज ५ गते ८:५३
दुई रातो कार्ड देखाइएको खेलमा युनाइटेडले चेल्सीलाई हरायो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रिमियर लिगको खेलमा म्यानचेष्टर युनाइटेडले चेल्सीलाई २-१ ले पराजित गरेको छ।
  • चेल्सीका गोलकिपर रोबर्ट साञ्चेजले पाँचौं मिनेटमै रातो कार्ड पाएपछि खेलमा प्रभाव परेको थियो।
  • युनाइटेडले पाँच खेलबाट ७ अंक जोडेर सातौं स्थानमा उक्लेको छ भने चेल्सी छैटौं स्थानमा छ।

५ असोज, काठमाडौं । प्रिमियर लिगको नाटकिय खेलमा शनिवार म्यानचेष्टर युनाइटेडले चेल्सीलाई २-१ ले पराजित गरेको छ ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन कप्तान ब्रुनो फर्नान्डस र कासेमिरोले गोल गरे । चेल्सीका लागि ट्रेभोह चालोबाहले एक गोल फर्काए ।

दुवै टोलीले दश खेलाडीमा रहेर खेलको अन्त्य गरेका थिए ।

जितपछि युनाइटेड पाँच खेलबाट ७ अंक जोडेर दशौँ स्थानमा उक्लेको छ । पहिलो हार व्यहोरेको चेल्सी पाँच खेलबाट ८ अंकसहित छैटौं स्थानमा छ ।

खेलको पाँचौं मिनेटमै चेल्सीका गोलकिपर रोबर्ट साञ्चेजले रातो कार्ड सामना गर्दै मैदान बाहिरिएपछि चेल्सीलाई सुरुमै धक्का लागेको थियो ।

त्यसको फाइदा उठाउँदै युनाइटेडले पहिलो हाफमै दुई गोल गर्‍यो । कप्तान फर्नान्डेसले १४औं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए । कासेमिरोले ३७औं मिनेटमा गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए ।

तर पहिलो हाफको इन्जुरी टाइममा कासेमिरो रातो (दोहोरो पहेंलो) कार्ड सामना गर्दै मैदान बाहिरिएपछि युनाइटेड पनि दश खेलाडीमा समेटियो ।

दोस्रो हाफमा दुवै टोलीले समान दश खेलाडीमा रहेर खेल्यो । जहाँ चेल्सीका चालोबाहले ८०औं मिनेटमा गोल गरे । तर त्यो हार टार्न पर्याप्त भएन ।

लिग अन्तर्गत शनिबारै साविक विजेता लिभरपुलले एभरटनलाई २-१ ले हराएर शतप्रतिशत जितलाई कायम राखेको छ ।

यस्तै अन्य खेलमा फुलहमले ब्रेन्टफोर्ड र लिड्स युनाइटेडले उल्भ्सलाई समान ३-१ ले तथा क्रिस्टल प्यालेसले वेस्टह्याम युनाइटेलाई २-१ ले पराजित गरेको छ । ब्राइटन र टोटनहमले २-२ तथा बर्नली र नटिङघम फरेस्टले १-१ को बराबरी खेलेका छन् ।

प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय