+
+
Shares

चाक्सीबारीमा कांग्रेसका पूर्वपदाधिकारी बैठक, गच्छदार र श्रेष्ठ अनुपस्थित

सात पूर्वपदाधिकारी समूहको बैठकमा आज विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठ भने अनुपस्थित थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ५ गते १२:३८

५ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह निवास चाक्सीबारीमा कांग्रेसका पाँच पूर्वपदाधिकारीहरूको बैठक बसेको छ ।

बैठकमा सिंहसहित विमलेन्द्र निधी, कृष्ण सिटौला, शशांक कोइराला र प्रकाशशरण महत सहभागी भएका छन् ।

सात पूर्वपदाधिकारी समूहको बैठकमा आज विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठ भने अनुपस्थित थिए ।

समसामयिक विषयमा छलफल गर्न बसेको बैठकले सभापति शेरबहादुर देउवा उपचारबाट फर्के लगत्तै केन्द्रीय समितिको बैठक बोलाउन ध्यानाकर्षण गर्ने निर्णय भएको एक सहभागी नेताले जानकारी दिए ।

यसैगरी बैठकले अहिलेको विषम परिस्थितिमा कांग्रेस एकताबद्ध हुनुपर्नेमा जोड दिने निर्णय भएको छ ।

अहिलेको संकटबाट निकास दिन कांग्रेसले अग्रसरता लिनुपर्ने ठहर बैठकले गरेको ती नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?