
News Summary
Generated by OK AI. Editorially reviewed.- मन्त्रिपरिषदको बैठकले टेकेन्द्र कार्कीलाई राष्ट्रिय अनुसन्धान विभागको प्रमुख तथा मुख्य अनुसन्धान निर्देशकमा नियुक्त गरेको छ।
- हुतराज थापाले तीन वर्षे कार्यकाल पूरा गरी भदौ २८ गते राति १२ बजे अनिवार्य अवकाश लिएका थिए।
- थापाको अवकाशपछि मुख्य अनुसन्धान निर्देशक पद रिक्त भएको थियो।
५ असोज, काठमाडौं। देशको एकमात्रै गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभाग (राअवि) का प्रमुख तथा मुख्य अनुसन्धान निर्देशकमा टेकेन्द्र कार्की नियुक्त भएका छन् ।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले कार्कीलाई अनुसन्धान विभागको प्रमुखमा नियुक्त गरेको हो ।
यसअघि राअविका प्रमुख हुतराज थापाले भदौ २८ भदौको राति १२ बजेबाट अनिवार्य अवकाश लिएका थिए ।
आफ्नो तीन वर्षे कार्यकाल पूरा गरेर थापा अवकाशमा गएपछि मुख्य अनुसन्धान निर्देशक पद रिक्त भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4