+
+
Shares

टम हल्याण्ड घाइते भएपछि ‘स्पाइडर म्यान : ब्रान्ड न्यू डे’को छायांकन रोकियो

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ६ गते १३:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता टम हल्याण्डलाई 'स्पाइडर म्यान : ब्रान्ड न्यू डे'को छायांकन सेटमा हल्का चोट लागेको छ।
  • उनको चोटका कारण बेलायतको ग्लास्गोमा भइरहेको छायांकन केही दिन रोकिएको छ।
  • निर्माण स्रोतले हल्याण्डले केही दिन विश्राम लिने र छिट्टै छायांकनमा फर्कने अपेक्षा गरिएको बताएको छ।

काठमाडौं । अभिनेता टम हल्याण्डलाई ‘स्पाइडर म्यान : ब्रान्ड न्यू डे’को छायांकन सेटमा चोट लागेको छ ।

डेडलाइनका अनुसार हल्याण्ड घाइते भएपछि बेलायतको ग्लास्गोमा भैरहेको छायांकन रोकिएको छ ।

अभिनेतालाई हल्का चोट लागेको बताइएको छ । उनी तुरुन्तै छायांकनमा नफर्किएपनि यसले फिल्मको सेड्युलमा ढिलाइ नहुने जनाइएको छ । ‘यसले फिल्मको निर्धारित मितिमा पनि असर पार्ने सम्भावना छैन’ डेडलाइनले लेखेको छ ।

निर्माण स्रोतका अनुसार हल्याण्डले सावधानी अपनाउँदै छायांकनबाट केही दिन विश्राम लिनेछन् । ‘उनी केही दिनमा छायांकन सेटमा फर्किने हाम्रो अपेक्षा छ’ स्रोतले भन्यो ।

आफ्ना प्रिय अभिनेता घाइते भएको खबरले फ्यानमाझ चिन्ता बढाएको छ । ‘टम हल्याण्ड चाँडै निको हुनूस’ सामाजिक सञ्जालमा एक फ्यानले लेखेका छन्, ‘टम हल्याण्डको लागि प्रार्थना । चाँडो ठीक हुनूस । बलियो रहनूस ।’

अर्का फ्यानले लेखेका छन्, ‘ओ माइ गड । म आशा गर्छु, उनी ठीक छन् ।’

प्रायः स्टन्ट समावेश हुने फिल्ममा अभिनय गर्ने अभिनेतालाई यसपटक पनि धेरैपटक चोट लागेको छ । भिडियो गेमबारेको फिल्म ‘अनचार्टेड’को छायांकनमा आफूलाई कारले १७ पटक ठक्कर दिनुपरेको कुरा उनले हलिउड रिपोर्टरलाई बताएका छन् ।

‘ स्पाइडर म्यान : ब्रान्ड न्यू डे’ जुलाई २४, २०२६ मा हलमा रिलिज हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?