+
+
Shares

तलेजुलाई दशैंघर भित्र्याएर भक्तपुरमा दशैं सुरु, सङ्गमेश्वरमा सामूहिक जमरा

घटस्थापनादेखि विजयादशमीका दिनसम्म तलेजुलाई दसैँघरमा राखेर पूजा गर्ने परम्परा रहेको उनले जानकारी दिए।  सप्तमीदेखि महानवमीसम्म तलेजुमा ५४ वटा बोका, ३२ वटा राँगा र २४ वटा हाँस बलि दिने परम्परा छ। जात्राका अवसरमा तलेजुमा मूल पुरोहितले मांसाहुती होम सम्पन्न गरेपछि तलेजुमा बलि दिने परम्परा छ । 

रासस रासस
२०८२ असोज ६ गते १३:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भक्तपुरको तलेजु भवानीलाई घटस्थापनाको शुभसाइतमा मूलघरबाट दसैँघरमा भित्र्याएर दसैँ सुरु गरिएको छ।
  • तलेजुमा सप्तमीदेखि महानवमीसम्म ५४ बोका, ३२ राँगा र २४ हाँस बलि दिने परम्परा छ।
  • मध्यपुरथिमि नगरपालिका–५ राधेराधे सङ्गम कोलोनीमा सामूहिक जमरा राखेर घरघरमा जमरा नराख्नेहरूको लागि सहज व्यवस्था गरिएको छ।
६ असोज, भक्तपुर। भक्तपुरको तलेजु भवानीलाई मूलघर भित्र्याएर दशैं भित्र्याएको छ। तलेजु मन्दिरबाट आज शुभसाइतमा तलेजु भवानीलाई मूलघरबाट दशैंघरमा भित्र्याएर दशैं सुरु गरिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए।
घटस्थापनादेखि विजयादशमीका दिनसम्म तलेजुलाई दशैंघरमा राखेर पूजा गर्ने परम्परा रहेको उनले जानकारी दिए।  सप्तमीदेखि महानवमीसम्म तलेजुमा ५४ वटा बोका, ३२ वटा राँगा र २४ वटा हाँस बलि दिने परम्परा छ। जात्राका अवसरमा तलेजुमा मूल पुरोहितले मांसाहुती होम सम्पन्न गरेपछि तलेजुमा बलि दिने परम्परा छ ।
त्यसैगरी घरघरमा जमरा नराख्नेहरूका लागि भन्दै मध्यपुरथिमि नगरपालिका–५ राधेराधे सङ्गम कोलोनीवासीका लागि आज सामूहिक जमरा राखिएको छ।
सङ्गम कोलोनीस्थित सङ्गमेश्वर महादेव मन्दिरमा स्थानीयवासीका लागि घटस्थापना गरी सामूहिक जमरा राखिएको सङ्गमेश्वर महादेव मन्दिर विकास समितिका अध्यक्ष मोहनवरसिंह प्रधानले जानकारी दिए ।
उनले घरघरमा जमरा नराख्नेहरूका लागि मन्दिर व्यवस्थापन समितिले जमरा राखिदिएको बताउँदै उहीँबाटै विजयादशमीको दिन घरघरमा जमरा लगेर शुभसाइतमा टीका ग्रहण गर्ने गरेको जानकारी दिए । यो परम्पराले घरघरमा जमरा नराख्नेहरूका लागि निकै सहज व्यवस्थापन भएको बताए ।
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?