+
+
Shares

जेनजी आन्दोलनमा ५ लाख डकैती गरेको आरोपमा ४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ६ गते १४:४९

६ असोज, काठमाडौं । जेनजी आन्दोलनको क्रममा पाँच लाख रुपैयाँ डकैती गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा भारतको मोतिहारी घर भएका २८ वर्षीय सरोज आलम, रौतहटका २८ वर्षीय मनिष सुनार, बाराको सिमरा जितपुरका २१ वर्षीय साहाजात मिया र काभ्रेको रोशीका २५ वर्षीय फुर्साङ लामा छन् ।

जेनजी आन्दोलनको क्रममा २४ भदौको दिउँसो साढे १ बजेतिर ललितपुरको ढटल मार्गस्थित एक घरमा रहेको रेष्ट लस एनजीओमा उनीहरूले डकैती गरेको आरोप छ ।

उनीहरुले त्यहाँबाट सुनचाँदीका गरगहना, नगदसहित ५ लाख ७६ हजार ४ सय रुपैयाँ बराबरको धनमाल डकैती गरेको आरोप छ ।

पक्राउ परेका उनीहरूलाई ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?