+

पाकिस्तानविरुद्ध तीन फर्म्याटमा खेल्ने दक्षिण अफ्रिकी टोलीका तीन फरक कप्तान

२०८२ असोज  ६ गते १५:०३ २०८२ असोज ६ गते १५:०३
पाकिस्तानविरुद्ध तीन फर्म्याटमा खेल्ने दक्षिण अफ्रिकी टोलीका तीन फरक कप्तान

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दक्षिण अफ्रिकाका नियमित कप्तान टेम्बा बाभुमाले पिंडुलाको चोटका कारण पाकिस्तानविरुद्धको टेस्ट शृंखला गुमाउने भएका छन्।
  • एडेन मार्करमले टेस्ट कप्तानी गर्नेछन् भने म्याथ्यु ब्रिजले एकदिवसीय र डेभिड मिलरले टी–२० टोलीको कप्तानी गर्नेछन्।
  • विकेटकिपर क्विन्टन डिककले एकदिवसीय क्रिकेटबाट सन्यास फिर्ता लिएर दक्षिण अफ्रिकाको टोलीमा पुनरागमन गरेका छन्।

६ असोज, काठमाडौं । पाकिस्तानविरुद्ध आगामी अक्टोबर दोस्रो सातादेखि सुरु हुने दुई टेस्ट, तीन एकदिवसीय र तीन टी–२० खेलको शृंखलाका लागि दक्षिण अफ्रिकाका तीन फरक खेलाडीले कप्तानी गर्ने भएका छन् ।

दक्षिण अफ्रिकाका नियमित कप्तान टेम्बा बाभुमा पिंडुलाको चोटका कारण टेस्ट शृंखला गुमाउने भएका छन्। उनलाई निको हुन ६ देखि ८ हप्ता लाग्नेछ। उनको अनुपस्थितिमा एडेन मार्करमले टेस्टमा  कप्तानी गर्नेछन्।

यसैबीच एइडेन मार्क्रमले ओडिआई र टी-२०आई शृंखला नखेल्ने निर्णय गरेकाले ओडिआई टोलीको कप्तानी म्याथ्यु ब्रिजके तथा टी-२०आई टोलीको कप्तानी डेभिड मिलरले गर्ने छन् ।

डेभिड मिलरले सन् २०२४ को टी-२० विश्वकपपछि दक्षिण अफ्रिकाका लागि खेलेका छैनन् । यता विकेटकिपर ब्याटर क्विन्टन डिककले एकदिवसीय क्रिकेटबाट लिएको सन्यास फिर्ता लिँदै दक्षिण अफ्रिकाको टोलीमा पुनरागमन गरेका छन् ।

पाकिस्तानविरुद्ध टेस्टका लागि दक्षिण अफ्रिकाको टोली
एडेन् मार्करम (कप्तान), डेभिड बेडिङहाम, कोर्बिन बोस, डेवाल्ड ब्रेभिस, टोनी डे जोरजी, जुबाएर हम्जा, साइमन हार्मर, मार्को जान्सेन, केशव महाराज (दोस्रो टेस्ट मात्र), वियान मुल्डर, सेनुरन मुथुसामी, कागिसो रबाडा, रायन रिकेल्टन, ट्रिस्टन स्टब्स, प्रेनेलन सुब्रायन, काइल भेरेन

पाकिस्तानविरुद्ध खेल्ने टी–२० टोली
डेभिड मिलर (कप्तान), कोर्बिन बोस, डेवाल्ड ब्रेभिस, नान्द्रे बर्गर, जेराल्ड कोट्जी, क्विन्टन डिकक, डोनोभन फेरेरा, रीजा हेन्ड्रिक्स, जर्ज लिन्डे, क्वेना माफाका, लुंगी एंगिडी, नकाबा पिटर, लुहान्द्रे प्रिटोरियस, एन्डिल सिमेलाने, लिजाड विलियम्स

पाकिस्तानविरुद्ध खेल्ने एकदिवसीय टोली
म्याथ्यु ब्रीट्जके (कप्तान), कोर्बिन बोस, डेवाल्ड ब्रेभिस, नान्द्रे बर्गर, जेराल्ड कोएट्जी, क्विन्टन डिकक, टोनी डे जोरजी, डोनोभन फेरेरा, ब्योर्न फोर्टुइन, जर्ज लिन्डे, क्वेना माफाका, लुंगी एनगिडी, नकाबा पिटर, लुहान्द्रे प्रिटोरियस, सिनेतेम्बा क्वेशिले

नामिबियाविरुद्ध खेल्ने टी–२० टोली
डोनोभन फेरेरा (कप्तान), नान्द्रे बर्गर, जेराल्ड कोएट्जी, क्विन्टन डिकक, ब्योर्न फोर्टुइन, रीजा हेन्ड्रिक्स, रुबिन हेर्मान, क्वेना माफाका, रिभाल्डो मुनसामी, नकाबा पिटर, लुहान्द्रे प्रिटोरियस, एन्डिल सिमेलाने, जेसन स्मिथ, लिजाड विलियम्स

दक्षिण अफ्रिका क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय