+
+
Shares
दशैंको उत्सव :

दुलही झैं सिंगारियो जनकपुरधामका शक्तिपीठहरू (तस्वीरहरू)

विशेष गरी राजदेवी मन्दिर र बौधीमाई मन्दिरलाई आकर्षक रूपमा सजाइएको छ । राममन्दिर परिसरमा खेलतामासा, झूला लगायतका मनोरञ्जनात्मक कार्यक्रम राखिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ६ गते १८:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जनकपुरधाममा बडादशैं सुरु भएसँगै राजदेवी र बौधीमाई मन्दिर आकर्षक रूपमा सजाइएको छ।
  • राममन्दिर परिसरमा मनोरञ्जनात्मक कार्यक्रम राखिएका छन् र महावीर युवा कमिटीले व्यवस्थापन गर्दै आएको छ।
  • स्थानीय युवा क्लबहरूले टेन्ट–पण्डालहरू रंगीन कपडा र बत्तीले सजाएर दशैंको वातावरण उल्लासमय बनाएका छन्।

६ असोज, जनकपुरधाम। नेपालीहरूको महान पर्व बडादशैं सुरु भएसँगै जनकपुरधामको वातावरण उत्सवमय बनेको छ । शहरका शक्तिपीठ र मन्दिर वरपर नवदुलही झैं सिङ्गारिएका छन्।

विशेष गरी राजदेवी मन्दिर र बौधीमाई मन्दिरलाई आकर्षक रूपमा सजाइएको छ । राममन्दिर परिसरमा खेलतामासा, झूला लगायतका मनोरञ्जनात्मक कार्यक्रम राखिएका छन् । दशैंभर प्रत्येक साँझ यहाँ हजारौँ भक्तजनको भीड लाग्ने गर्छ । यसको व्यवस्थापन महावीर युवा कमिटी र राम युवा कमिटीले गर्दै आएका छन्।

त्यसैगरी पीडरिया माइस्थान, मुरीलचोक, रजौलको दुर्गा मन्दिर, देवीचोकस्थित राजदेवी मन्दिर र वंशी चोकलगायतका शक्तिपीठहरू पनि आकर्षक सजावटले झकिझकाउ बनेका छन् । रामानन्दचोक र भ्रमरपुराचोकमा समेत नवदुर्गाको प्रतिमा राखी विशेष सिङ्गार गरिएको छ।

जनकपुरधामका शक्तिपीठ तथा आसपासका क्षेत्रमा स्थानीय युवा क्लब र पूजा समितिहरूले निर्माण गरेका टेन्ट–पण्डालहरू रंगीन कपडा र चम्किला बत्तीहरूले सजाइएका छन् । यसले दशैंको वातावरणलाई अझ उल्लासमय बनाएको छ।

दूरदराजबाट समेत मानिसहरू दशैंको यो भव्य उत्सव हेर्न जनकपुरधाम आउने गर्छन्। महावीर युवा कमिटी, राम युवा कमिटी, रामानन्द युवा क्लबलगायतका संगठनहरूले चोक–चोकमा लाखौँ रुपैयाँ खर्चेर गरिएको आकर्षक सजावटले यस वर्षको दशैंलाई विशेष बनाएको छ।

हेर्नुहोस् तस्वीरहरू :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?