+
+
Shares

सर्तसहित ट्रम्पसँग वार्ता गर्ने किम जोङ-उनको चाहना

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ६ गते १८:२४

६ असोज, काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ-उनले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुरा गर्ने चाहना देखाएका छन् । तर संवादको लागि उनले एउटा सर्त भने अगाडि सारेका छन् ।

बीबीसीका अनुसार, किमले उत्तर कोरियालाई परमाणु हतियार त्याग्न ट्रम्पले दबाब नदिए मात्र संवाद गर्ने बताएका हुन् ।

उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनए का अनुसार, किम जोङ-उनले कुनै पनि हालतमा प्रतिबन्ध हटाउने सर्तमा आफ्नो परमाणु हतियार नछोड्ने बताएका छन् ।

केसीएनएका अनुसार, किम जोङ-उनले आइतबार सर्वोच्च जनसभामा दिएको सम्बोधनमा भने, ‘व्यक्तिगत रूपमा, मेरो दिमागमा अझै पनि डोनाल्ड ट्रम्पसँग बिताएका राम्रा सम्झनाहरू ताजा छन् ।’

उता, दक्षिण कोरियाका राष्ट्रपति ली जे माइउंगले यदि ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ-उन परमाणु हतियार अन्त्य गर्नेभन्दा पनि त्यसको उत्पादन रोक्न सहमत हुन्छन् भने आफू त्यसलाई पनि स्वीकार गर्न तयार रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?