
६ असोज, काठमाडौं । नेपालीहरूको महान चाड दशैं औपचारिकरूपमा सुरु भएसँगै मैतीदेवी मन्दिरलाई झकिझकाउ पारिएको छ ।
सोमबार घटनास्थापनाका दिन मैतिदेवी मन्दिर पुग्दा उल्लासमय वातावरण देखिन्थ्यो । मन्दिरमा आकर्षक विद्युतीय बत्तिहरू बालेर मनमोहक बनाइएको छ ।
काठमाडौं उपत्यकाका शक्तिपिठ भनेर गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभा भगवती, बंगलामुखी, मैतिदेवी लगायतलाई चिनिन्छ ।
मैतिदेवी मन्दिर क्षेत्र प्रवन्ध समितिका अनुसार दशैंको बेला विभिन्न गुठियारहरूको विशेष पूजा र जात्रा निकाल्ने प्रचलन छ ।
यतिबेला मन्दिर परिसरमा स्थानीयसँगै भक्तजनहरूको भिड लागेको छ ।
हेर्नहोस् तस्वीरहरू :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4