+
+
Shares

रास्वपाको केन्द्रीय समितिको बैठक जारी, महाधिवेशनसहितका विषयमा बोल्दै नेताहरू

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ७ गते १०:०९

७ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक जारी छ । बिहान सवा ९ बजेबाट बैठक सुरु भएको हो ।

जेएनजी आन्दोलनमा ज्यान गुमाउने सहिदहरुप्रति श्रद्धा सुमन व्यक्त गर्दै सुरु भएको बैठकमा पार्टीको महाधिवेशनसहितका विषयमा नेताहरू बोल्दैछन् ।

केन्द्रीय समिति बैठकमा ७ वटा कार्यसूची रहेका छन् ।

पहिलो समसामयिक अवस्था र बैठकबारे छ । दोस्रोमा प्रदेश बैठकहरूबाट प्राप्त विवरण प्रस्तुत गर्ने, तेस्रोमा परिवर्तित अवस्थामा केन्द्रीय सदस्यहरूको धारणा राख्ने छ ।

चौथोमा पार्टी संगठन एवं विभाग सम्बन्धमा छलफल गर्ने रहेको छ भने पाचौं कार्यसूचीमा  आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन रणनीति सम्बन्धमा छ । आगामी फागुन २१ गतेका लागि चुनावको मिति तोकिएको छ ।

छैठौं कार्यसूचीमा पार्टीको ऐतिहासिक महाधिवेशन सम्बन्धमा छलफल गर्ने र सातौंमा विविध विषय रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?