+
+
Shares

आजदेखि अन्तिम मूल्यका आधारमा सेयर बजारका सूचक गणना

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ७ गते ११:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेयर बजारमा आजदेखि अन्तिम १५ मिनेटको भारित औसत मूल्य गणना विधि हटेको छ।
  • कम्पनीको अन्तिम मूल्यकै आधारमा आजदेखि सूचक गणना हुने नेप्सेले स्पष्ट पारेको छ।
  • गत चैत ७ गतेदेखि लागू गरिएको विधि लगानीकर्ताको विरोधपछि खारेज गरिएको हो।

७ असोज, काठमाडौं । सेयर बजारमा आजदेखि अन्तिम १५ मिनेटको भारित औसत मूल्य गणना विधि हटेको छ ।

कम्पनीको अन्तिम मूल्यकै आधारमा आजदेखि सूचक गणना हुने नेप्सेले स्पष्ट पारेको छ । अघिल्लो कारोबार दिनसम्म २ : ४५ बजेदेखि ३ बजेसम्मको कम्पनीको भारित औसत मूल्यका आधारमा समूहगत सूचक  र नेप्से परिसूचक गणना हुँदै आएको थियो ।

गत चैत ७ गतेदेखि नेप्सेले यस्तो विधि लागू गरेपनि यसले बजार घटाएको भन्दै लगानीकर्ताले विरोध जनाएपछि खारेज भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?