+
+
Shares

जिमी किमेलको कमेडी शो फर्किने, ४०० हलिउड सेलिब्रेटीले गरे हस्ताक्षर

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ७ गते १२:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी हास्य कलाकार जिमी किमेलको शो डिज्नीले निलम्बनपछि पुनः प्रसारण गर्ने निर्णय गरेको छ।
  • संघीय टिभी नियामकले एबीसीको लाइसेन्स रद्द गर्ने धम्की दिएपछि किमेलको शो निलम्बनमा परेको थियो।
  • ४०० भन्दा बढी सेलिब्रेटीहरूले स्वतन्त्र अभिव्यक्तिको लागि डिज्नीको निर्णयको विरोध गर्दै खुला पत्रमा हस्ताक्षर गरेका छन्।

काठमाडौं । अमेरिकी ‘कन्जरभेटिभ इन्फ्लुएन्सर’ चार्ली कर्कको मृत्युसँग सम्बन्धित विषयमा ठट्टा गरेको कारण निलम्बनमा परेको अमेरिकी हास्य कलाकार जिमी किमेलको टिभी शो फर्किने भएको छ ।

जिमी किमेल लाइभ प्रसारण गर्ने अमेरिकी प्रसारण नेटवर्कको स्वामित्वमा रहेको डिज्नीले यसअघि असंवेदनशिलरुपमा प्रस्तुत भएको जनाउँदै शोलाई निलम्बनमा राखेको थियो ।

‘हामीले पछिल्ला दिनमा जिमीसँग विचारशील कुराकानी गर्दै बितायौं, र ती कुराकानीपछि, हामी मंगलबार शो फिर्ता गर्ने निर्णयमा पुग्यौं’ डिज्नीले भनेको छ ।

संघीय टिभी नियामकले एबीसीको प्रसारण इजाजतपत्र रद्द गर्ने धम्की दिएपछि शोलाई अचानक निलम्बन गरिएको थियो, जसले अभिव्यक्ति स्वतन्त्रताको बारेमा राष्ट्रव्यापी बहस सुरु गर्‍यो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किमेलको निलम्बनको स्वागत गरेका थिए र राष्ट्रपतिको नकारात्मक कभरेज गरेकोमा केही टिभी नेटवर्कहरूको लाइसेन्स रद्द गर्न सुझाव दिएका थिए ।

सोमबार ह्वाइट हाउसको एक कार्यक्रममा एक पत्रकारले किमेल शो फर्किने सम्भावना बारेमा सोध्दा ट्रम्पले त्यसबारे केही बताएनन् ।

विरोधमा ४०० भन्दा धेरै सेलिब्रेटीले गरे हस्ताक्षर

टम ह्याङ्क्स, जेनिफर एनिस्टन, मेरिल स्ट्रिप, जेमी ली कर्टिस, जेसन बेटम्यान र मार्टिन शर्टले डिज्नीको लेट-नाइट होस्ट जिमी किमेलको शोलाई आफ्नो तालिकाबाट हटाउने निर्णयको विरोध गर्दै र अमेरिकीको स्वतन्त्ररूपमा बोल्ने अधिकारमा असर पर्नसक्ने चेतावनी दिँदै खुला पत्रमा हस्ताक्षर गरेका छन् ।

पत्रमा कलाकार, पत्रकार र अरूलाई उनीहरूको भाषणको बदला लिन दबाब दिने प्रयासले यस्तो कार्य गरिएको र यसले स्वतन्त्र देशमा बाँच्न आवश्यक मुटुमा प्रहार गरिएको उल्लेख छ ।

उनीहरूले पत्रमार्फत सबै अमेरिकीलाई स्वतन्त्र रूपमा बोल्ने अधिकारको रक्षा गर्न आह्वान गरेका छन् । हस्ताक्षरकर्ताको सूचीमा एरियाना डेबोस, जेन फोंडा, म्यागी गिलेनहाल, रेजिना किङ, जुलिया लुइस–ड्रेफस, डिएगो लुना, लिन–म्यानुएल मिरान्डा र नताली पोर्टम्यान लगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?