+
+
Shares

मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

सडक खुल्न कति दिन लाग्ने भन्ने कुनै निर्क्योल गर्न नसकिने अवस्था रहेको एसपी पुरीको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ७ गते १७:२३

७ असोज, काठमाडौं । तुइनखोलामा भयंकर सुक्ख पहिरो खसेसँगै नारायणगढ–मुग्लिन सडकखण्ड अनिश्चितकालका लागि बन्द भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलास्थित सडकमा मंगलबार साँझ ४:५० बजे खसेको भयंकर सुक्खा पहिरोले सडक समेत भासिने जोखिम बढेको चितवनको एसपी गोविन्द पुरीले जानकारी दिए ।

एसपी पुरीले अनलाइनखबरसँग भने, ‘तुइनखोलामा अत्यन्तै ठूलो पहिरो खसेको  छ । सुक्खा पहिरो खसेका कारण सडक नै भासिने जोखिम बढेको छ । जसका कारण तत्कालै सडक खुल्ने कुनै सम्भावना छैन ।’

सडक खुल्न कति दिन लाग्ने भन्ने कुनै निर्क्योल  गर्न नसकिने अवस्था रहेको उनको भनाइ छ ।

यसविषयमा निर्णय  लिन सडक विभागको टोलीसहित सुरक्षा समितिको बैठक अहिले बसिरहेको एसपी पुरीले बताए ।

सडक नै भासिन सक्ने जोखिमका कारण अहिले सवारीसाधनलाई  फिर्ता गरेर वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको उनले बताए ।

पहिरो निरन्तर खसिरहेकोले तत्काल पहिरो पन्छाउन सक्ने सम्भावना नरहेको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?