+
+
Shares

कारागारबाट भागेका नक्कली भुटानी शरणार्थी प्रकरणका थप दुई कैदी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ७ गते १८:२३

७ असोज, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सुन्धारा कारागारमा रहेका थप दुई अभियुक्त पक्राउ परेका छन् ।

पुर्पक्षका लागि सुन्धारा कारागारमा रहेका सानु भण्डारी र केशव दुलाल मंगलबार पक्राउ परेका हुन् ।

काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले उनीहरूलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

यही प्रकरणमा थुनाबाट भागेका एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी आजै कारागार फर्किएका थिए । उनलाई सुन्धाराबाट सारेर डिल्लीबजार कारागार लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?