+
+
Shares

सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य गर्न शिक्षामन्त्रीको निर्देशन

विश्वविद्यालयहरुले तीन महिनाभित्र परीक्षाफल प्रकाशित नगरे अनुदान रोक्का गरिने

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ७ गते १९:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मुलुकभरका सामुदायिक विद्यालयमा एकजना कम्प्युटर शिक्षकको अनिवार्य दरबन्दी थप्न निर्देशन दिएका छन्।
  • उनले विश्वविद्यालयलाई बढीमा ३ महिना भित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्न र समयमै ननिकाल्ने विश्वविद्यालयहरुको अनुदान रोक्का गर्न निर्देशन दिएका छन्।
  • मन्त्री पुनले त्रिभुवन विश्वविद्यालय किर्तिपुरको हाता भित्रका रुख नकाटी झाडी फाँडेर सुन्दर बगैंचासहितको आकर्षक फुटपाथ बनाउन निर्देशन दिएका छन्।

७ असोज, काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मुलुकभरका सामुदायिक विद्यालयमा एकजना कम्प्युटर शिक्षकको अनिवार्य दरबन्दी थप्न निर्देशन दिएका छन् ।

मन्त्री पुनले तुरुन्त अगाडि बढाउने कामहरू भन्दै मंगलबार तीनवटा निर्देशन दिएका छन् । त्यसमा कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य गर्ने प्रमुख निर्णय हो । विद्यार्थीहरु कम्प्युटर शिक्षा बाट बञ्चित नहुन् भन्ने उद्देश्यले यो व्यवस्था गर्ने लागिएको उनले उल्लेख गरेका छन् ।

उनले केहि विश्वविद्यालयहरुले परीक्षा लिएर परीक्षाफल निकाल्न ८ महिनादेखि १ वर्ष सम्म लगाउँदा विद्यार्थीहरुको लागि त्यो अपुरणीय क्षति पुगेको उल्लेख गरेका छन् ।

त्यसैले विश्वविद्यालयलाई बढीमा ३ महिना भित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्न उनले निर्देशन दिएका छन् ।

समयमा मै परीक्षाफल ननिकाल्ने विश्वविद्यालयहरुको अनुदान रोक्का गर्ने उनले निर्देशन दिएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले १२ क्लासको ५ लाख विद्यार्थीको परीक्षाफल ३ महिना भित्रै निकाल्न सकेको अवस्थामा विश्वविद्यालयहरुले किन नसक्ने भन्ने उनको प्रश्न छ ।

त्यस्तै मन्त्री पुनले त्रिभुवन विश्वविद्यालय किर्तिपुरको हाता भित्रका रुख नकाटी झाडी फाँडेर सुन्दर बगैंचासहिको आकर्षक फुटपाथ बनाउन पनि निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?