+

अमेरिकी क्रिकेट बोर्ड आईसीसीको निलम्बनमा

२०८२ असोज  ८ गते ६:४६ २०८२ असोज ८ गते ६:४६
अमेरिकी क्रिकेट बोर्ड आईसीसीको निलम्बनमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अमेरिकी क्रिकेट बोर्डको सदस्यता २०८२ मा निलम्बन गरेको छ।
  • आईसीसीले अमेरिकी क्रिकेटले संविधानअनुसार दायित्व पूरा नगरेको र राष्ट्रिय निकायको मान्यता लिन प्रगति नगरेको आरोप लगाएको छ।
  • निलम्बन भए पनि अमेरिकी राष्ट्रिय टोली आगामी प्रतियोगिताहरू र २०२८ को ओलम्पिक तयारीमा सहभागी हुनेछन् र व्यवस्थापन आईसीसीले गर्नेछ।

८ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अमेरिकी क्रिकेट बोर्डको सदस्यता निलम्बन गरेको छ। बारम्बार संविधानअनुसारका दायित्व पूरा नगरेको भन्दै आइसीसी बोर्डले यस्तो निर्णय गरेको हो।

अमेरिकी क्रिकेटले शासन संरचना सुधार नगरेको, अमेरिकाको ओलम्पिक तथा प्यारा–ओलम्पिक समितिसँग राष्ट्रिय निकायको मान्यता लिन प्रगति नगरेको र विभिन्न गतिविधिले विश्व क्रिकेटमै बदनाम पारेको आरोप आईसीसीले लगाएको छ।

सदस्यता निलम्बन भए पनि अमेरिकी राष्ट्रिय टोली भने आगामी प्रतियोगिताहरू र २०२८ मा हुने ओलम्पिकका तयारीमा सहभागी हुनेछन्। ती टिमको व्यवस्थापन अब अस्थायी रूपमा आइसीसी वा त्यसका प्रतिनिधिले गर्नेछन्।

आइसीसीले ‘नर्मलाइजेसन कमिटी’ गठन गरी अमेरिकी क्रिकेटलाई आवश्यक सुधारका कदम चाल्न निर्देशन दिने र प्रगतिलाई अनुगमन गर्ने जनाएको छ।

यसअघि २०२४ को वार्षिक साधारण सभामा अमेरिकी क्रिकेटलाई ‘अन नोटिस’ मा राखिएको थियो तर मागिएका सुधार नगरेकाले अन्ततः २०२५ मा सदस्यता निलम्बन गरिएको हो।

यसअघि सन् २०१६ मा आईसीसीले नेपाल क्रिकेट संघ (क्यान)लाई पनि निलम्बन गरेको थियो । सन् २०१९ मा क्याानमाथिको निलम्बन फुकुवा भएको थियो । सन् २०२२ मा कन्ट्रोल फन्डिङको व्यवस्था पनि आईसीसीले हटाएको थियो ।

नेपाली टोलीले पनि क्यान निलम्बनका बाबजुद त्यसबेला अन्तर्राष्ट्रिय खेलहरू खेलेको थियो ।

अमेरिकी क्रिकेट बोर्ड आईसीसी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय