
News Summary
Generated by OK AI. Editorially reviewed.- आज काठमाडौँको रोयल टुलिप होटलमा अपरान्ह ४ बजेदेखि मिस युनिभर्स नेपाल २०२५ को ग्रान्ड फिनाले हुँदैछ।
- फिनालेमा १४ जना सुन्दरीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् र आयोजकले मापदण्ड खुकुलो राखेको छ।
- राष्ट्रिय निर्देशक संगीता पुरीले यस संस्करणमा युवतीको सहभागिता राम्रो भएको र प्रतिभाशाली फाइनलिस्ट रहेको बताउनुभयो।
काठमाडौँ । ‘मिस युनिभर्स नेपाल २०२५’को ग्रान्ड फिनाले आज हुँदैछ । रोयल टुलिप होटलमा अपरान्ह ४ बजेदेखि सुरु हुने फिनालेमा उपाधिका लागि १४ जना सुन्दरी भिड्दैछन् ।
प्रतिस्पर्धामा सान्या अधिकारी, प्रतीक्षा अधिकारी, निर्जला न्यौपाने, इशा राई, आरोही बस्नेत, लिसा बर्नावल, सुयसा सिंहराज, शिखा पराजुली, सरस्वती राई, वर्षा कँडेल, ज्योती थापा, अलिना एरी, एन्जल डंगोल र सोनालिसा ढुंगाना छन् ।
ग्लोबल ग्ल्यामर भेन्चरले आयोजना गरेको समारोहको तयारी पुरा भएको संस्थाकी राष्ट्रिय निर्देशक संगीता पुरीले जानकारी दिइन् । पुरीका अनुसार गतबर्ष भन्दा यसबर्ष युवतीको सहभागिता राम्रो छ ।
सबैजना फाइनलिस्ट प्रतिभाशाली रहेको उनको भनाइ छ । यस संस्करणमा मापदण्ड खुकुलो तुल्याइएको आयोजकले बताइसकेका छन् ।
उचाइ, तौल, वर्गको आधारमा मापदण्ड नराखिएको जनाइएको छ । सोहीअनुसार अहिले विभिन्न उचाइ तथा पेशा गरिरहेका महिलाको सहभागिता छ ।
पुरीले भन्छिन्, ‘मैले भन्दै आएकी छु, यो सम्पूर्ण ब्रम्हाण्डमा नेपाली महिलाको असीम क्षमता उजागर गर्ने प्लेटफर्म हो । तपाईं जस्तो हुनुहुन्छ, त्यही नै तपाईंको सौन्दर्य हो ।’
यसवर्ष ‘मिस युनिभर्स नेपाल’ रियालिटी शोको रुपमा पनि थियो । युट्युबमा सार्वजनिक रियालिटी शोको विभिन्न ६ एपिसोडमा प्रतिस्पर्धीले कल्चरल फोटोसुट, किचेन च्यालेन्ज, रनवे च्यालेन्ज लगायतमा प्रतिस्पर्धा गरेका थिए ।
प्रतिक्रिया 4