+
+
Shares

फिल्म ‘मन बिनाको धन’को पहिलो झलक

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ८ गते ११:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संगीतकार टंक बुढाथोकीले निर्माण तथा निर्देशन गरेको फिल्म ‘मन बिनाको धन’ को पहिलो झलक सार्वजनिक भएको छ।
  • फिल्मको पोस्टरमा प्रमुख कलाकार अशोक दर्जीलाई स्कुल पोशाकमा देखाइएको छ र बटमलाइन ‘कथा जिरोदेखि हिरोसम्मको’ राखिएको छ।
  • फिल्ममा दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया लगायतको अभिनय छ र २१ कात्तिकदेखि प्रशर्दन तयारीमा छ।

काठमाडौं । संगीतकार समेत रहेका टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको फिल्म ‘मन बिनाको धन’ पहिलो झलक सार्वजनिक भएको छ ।

पोस्टरमा प्रमुख कलाकार अशोक दर्जीलाई देखाइएको छ । उनलाई स्कुल पोशाकमा देख्न सकिन्छ ।

यो फिल्मको बटमलाइन ‘कथा जिरोदेखि हिरोसम्मको’ राखिएको छ । पृष्ठभूमिमा दर्जीको बाल्यलकालदेखिका विभिन्न फोटो पनि देख्न सकिन्छ ।

पोस्टरले यो फिल्म दर्जीको कथावस्तुमा आधारित रहेको बुझ्न सकिन्छ । दर्जीलाई निर्देशक बुढाथोकीले आश्रय दिँदै पठनपाठन र लालनपालनको जिम्मा लिएका थिए ।

२१ कात्तिकदेखि प्रशर्दन तयारीमा रहेको या फिल्ममा दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा लगायतको अभिनय छ ।

फिल्मको पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । निर्माता विष्णुमाया मैनाली हुन् । कार्यकारी निर्मातामा सपना शर्मा छिन् । जीपी संग्रौला, विवेक नेपाल र विजया पाण्डे सहनिर्माता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?