+
+
Shares

सेयर बजारमा दशैं प्रभाव, सुस्तायो कारोबार

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ८ गते १२:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेयर बजारमा दशैं प्रभाव देखिएको छ र बेच्नेहरूले दशैंअघि रकम नपाउने भएपछि बेच्नेहरू उत्साहित छैनन्।
  • चाडपर्व खर्च जोहो गर्नुपर्ने भएकाले खरिदकर्ता सक्रिय छैनन् र बुधबार पहिलो एक घण्टामा ९१ करोडको कारोबार भएको छ।
  • नेप्से ३.३ अंक घटेको छ, ७७ कम्पनीको मूल्य बढ्दा १५३ को घटेको छ र हिमस्टार ऊर्जा र माथिल्लो मैलुङखोलाको मूल्य १० प्रतिशत हाराहारीमा बढेको छ।

८ असोज, काठमाडौं । सेयर बजारमा दशैं प्रभाव देखिएको छ । अब सेयर बेच्नेले दशैंअघि रकम नपाउने भएपछि बेच्नेहरू पनि उत्साहित छैनन् ।

अर्कोतर्फ चाडपर्वका लागि खर्च जोहो गर्नुपर्ने भएपछि खरिदकर्ता सक्रिय देखिँदैनन् । जसले गर्दा बुधबार पहिलो एक घण्टामा जम्मा ९१ करोडको कारोबार भएको छ ।

अघिल्लो दिन पहिलो एक घण्टामा १ अर्ब ४० करोडको कारोबार भएको थियो । यो अवधिसम्म नेप्से ३.३ अंक घटेको छ ।

विकास बैंक, उत्पादन र व्यापार समूह बढेका छन् । अरु सबै घटेका छन् । ७७ कम्पनीको मूल्य बढ्दा १५३ को घटेको छ भने १४ को स्थिर छ ।

हिमस्टार ऊर्जा र माथिल्लो मैलुङखोलाको मूल्य १० प्रतिशत हाराहारीमा बढेको छ । यतिबेलासम्म युनियन हाइड्रोपावर, माथिल्लो मैलुङ खोला जलविद्युत्, सीईडीबी होल्डिङस्, युनिभर्सल पावर र शिवम् सिमेन्ट क्रमशः अगाडि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?