+
+
Shares

हरियो लसुन र धनियाँको भाउ बढ्यो

आज बुधबार भने हरियो लसुनको भाउ प्रतिकिलो १ सय ५६ रुपैयाँ कायम छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ८ गते १२:५१

८ असोज, काठमाडौं । स्थानीय बजारमा हरियो लसुन र हरियो धनियाँको भाउ बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले बुधबार हरियो लसुन र हरियो धनियाँको भाउ बढेको देखाएको हो ।

आज हरियो लसुनको भाउ थोकमा प्रतिकिलो २० रुपैयाँ बढेको छ । मंगलबार कालीमाटी बजारमा हरियो लसुन प्रतिकिलो १ सय ३६ रुपैयाँमा किनबेच भएको थियो । आज बुधबार भने हरियो लसुनको भाउ प्रतिकिलो १ सय ५६ रुपैयाँ कायम छ ।

यस्तै हरियो धनियाँको भाउ पनि आज बुधबार १२ रुपैयाँ बढेको छ । हिजो मंगलबार प्रतिकिलो ६८ रुपैयाँमा किनबेच भएको धनियाँ आज भने ८० रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?