+
+
Shares

छोरीलाई बचाउन ८० वर्षीया आमाले दिइन् मिर्गौला

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ८ गते १४:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ८० वर्षीया गुमा भण्डारीले आफ्नो छोरी ४६ वर्षीया सीता पाण्डेलाई मिर्गौला दान गरेकी छन्।

काठमाडौं ।  एक ८० वर्षीया वृद्धाले अंगदान गरी छोरीलाई नयाँ जीवन दिएको छिन् । म्याग्दीकी गुमा भण्डारीले आफ्नो छोरी ४६ वर्षीया सीता पाण्डेलाई मिर्गौला दान गरेकी हुन् । गत भदौ २२ गते ललितपुरस्थित किस्ट अस्पतालमा सीताको मिर्गौला प्रत्यारोपण गरिएको हो ।

यो उमेर पुग्दा पनि अंग दिएर बचाएर उनले आमाहरू छोराछोरीप्रति कति समर्पित हुन्छन् भन्ने उदाहरण देखाएको अस्पतालका चिकित्सकहरूले भनेका छन् । गुमाले कुनै हिच्किचाहट नगरीकन छोरीलाई मिर्गौला दान गरेको उनीहरूको भनाइ छ ।

उनले गरेको अंगदानले समाजमा नयाँ प्रेरणा दिएको अस्तपालका चिकित्सक, स्वास्थ्यकर्मीहरू बताउँछन् । अहिले दुवै जना स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन् ।

किष्ट अस्पताल नेपालको निजी क्षेत्रमै पहिलो पटक मिर्गौला र कलेजो प्रत्यारोपणको अनुमति पाएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?