
News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजी आन्दोलनको क्रममा महाराजगञ्ज वृत्तका प्रहरी हत्या आरोपमा ओम पौडेल पक्राउ परेका छन्।
- यो घटनामा काभ्रे घर भएका युवराज क्याप्छा पनि पक्राउ परेका थिए।
- उनीहरू विरुद्ध कर्तव्य ज्यानको कसुरमा अनुसन्धान भइरहेको छ।
८ असोज, काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरीको हत्या गरेको आरोपमा अर्का एक व्यक्ति पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका ओम पौडेल छन् ।
पौडेललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार पक्राउ गरेको हो ।
योसँगै महाराजगञ्जका प्रहरी हत्या आरोपमा पक्राउ पर्नेको संख्या दुई पुगेको छ । यसअघि काभ्रे घर भएका युवराज क्याप्छाकी पनि पक्राउ परेका थिए ।
उनाीहरूले महाराजगञ्ज वृत्तका प्रहरीलाई कुट्दै गरेको भिडियो समेत सार्वजनिक भएको थियो ।
सोही भिडियोको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीविरुद्ध कर्तव्य ज्यानको कसुरमा अनुसन्धान हुने भएको छ ।
जेनजीको २४ भदौको आन्दोलनको क्रममा महाराजगञ्ज वृत्तका असई मिलन राय र जवान उत्तम थापाको हत्या भएको थियो ।
राय सिन्धुलीका हुन् भने थापाको घर दार्चुला हो । जवान थापालाई ‘तँ डीएसपी’ भन्दै कुटपिट गरी हत्या गरिएको थियो । ‘गोली हान्न दिने तै डीएसपी हैनस्’ भन्दै पौडेलले लट्ठीले हानेर हत्या गरेको भिडियोमा समेत देखिन्छ ।
त्यस्तै सोही आन्दोलनको क्रममा प्रहरी प्रभाग कोटेश्वर कास्की घर भएका सहायक हवल्दार अमृत गुरुङको पनि हत्या गरिएको थियो ।
प्रतिक्रिया 4