+
+
Shares

जेनजी प्रदर्शनमा महाराजगञ्ज वृत्तका प्रहरीको हत्या आरोपमा एक युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ७ गते १६:३२
जेनजी आन्दोलनको क्रममा महाराजगञ्ज वृत्तका जवान उत्तम थापा र असई मिलन राय

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी आन्दोलनको प्रदर्शनका क्रममा प्रहरीको हत्या गरेको आरोपमा काभ्रे घर भएका युवराज क्याप्छाकी पक्राउ परेका छन्।
  • पक्राउ क्याप्छाकीमाथि कर्तव्य ज्यानको कसुरमा अनुसन्धान हुने जिल्ला प्रहरी परिसर काठमाडौंले बताएको छ।
  • जेनजीको २४ भदौको आन्दोलनमा महाराजगञ्ज वृत्तका असई मिलन राय, जवान उत्तम थापा र सहायक हवल्दार अमृत गुरुङको हत्या भएको थियो।

७ असोज, काठमाडौं । जेनजी आन्दोलनको प्रदर्शनका क्रममा प्रहरीको हत्या गरेको आरोपमा एक युवक समातिएका छन् ।

पक्राउ पर्नेमा काभ्रे घर भएका युवराज क्याप्छाकी रहेको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले बतायो । उनले महाराजगञ्ज वृत्तका प्रहरीलाई कुट्दै गरेको भिडियो समेत सार्वजनिक भएको थियो ।

सोही भिडियोको आधारमा प्रहरीले क्याप्छाकीलाई पक्राउ गरेको हो । उनीविरुद्ध कर्तव्य ज्यानको कसुरमा अनुसन्धान हुने भएको छ ।

जेनजीको २४ भदौको आन्दोलनको क्रममा महाराजगञ्ज वृत्तका असई मिलन राय र जवान उत्तम थापाको हत्या भएको थियो ।

रायको सिन्धुलीको हो भने थापाको घर दार्चुला हो । जवान थापालाई त डीएसपी भन्दै कुटपिट गरी हत्या गरिएको थियो । ‘गोली हान्न दिने तै डीएसपी हैनस्’ भन्दै कुटेर हत्या गरिएको थियो ।

त्यस्तै सोही आन्दोलनको क्रममा प्रहरी प्रभाग कोटेश्वर कास्की घर भएका सहायक हवल्दार अमृत गुरुङको पनि हत्या गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?