
News Summary
Generated by OK AI. Editorially reviewed.- बुधबार नेप्से परिसूचक २७.८९ अंकले घटेर २६५४ अंकमा कायम भएको छ।
- कारोबार रकम ५ अर्ब २९ करोडबाट घटेर ४ अर्ब १२ करोडमा सीमित भएको छ।
- ५३ कम्पनीको मूल्य बढ्दा १९३ कम्पनीको मूल्य घटेको छ र होटल तथा पर्यटन समूह ०.८५ प्रतिशतले बढेको छ।
८ असोज, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से २७.८९ अंक (१.०३ प्रतिशत) घटेको छ । सो गिरावटपछि २६५४ अंकमा कायम भएको छ । सुरुवाती कारोबारमा उतारचढाव देखिएको थियो ।
कारोबार रकम घटेको छ । अघिल्लो दिन ५ अर्ब २९ करोडको कारोबार भएकोमा आज ४ अर्ब १२ करोडको भयो । बजारमा दशैं प्रभाव कारोबार रकममा देखिएको छ । अब सेयर बेच्नेले दशैंअघि रकम नपाउने भएकाले बेच्नेहरू उत्साहित छैनन् । अर्कोतर्फ चाडपर्वका लागि खर्च जोहो गर्नुपर्ने हुँदा खरिदकर्ता सक्रिय देखिँदैनन् ।
५३ कम्पनीको मूल्य बढ्दा १९३ को घट्यो भने ५ को स्थिर रह्यो । होटल तथा पर्यटन समूह ०.८५ प्रतिशत बढ्यो । होटल बाहेकका समूह सूचक घटेका छन् । अन्य समूह सबैभन्दा धेरै २.१६ प्रतिशत घट्यो ।
बैंकिङ ०.७३, विकास बैंक १.१३, हाइड्रोपावर ०.९६, लगानी १.९०, जीवन बीमा ०.५२, उत्पादन तथा प्रशोधन ०.११, माइक्रोफाइनान्स ०.८४, निर्जीवन बीमा १.५१ तथा व्यापार समूह १.६५ प्रतिशत घटे ।
तीन कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा माथिल्लो मैलुङखोला जलविद्युत्, सिटी होटल र हिमस्टार ऊर्जा कम्पनी छन् ।
त्यस्तै उन्नति सहकार्य लघुवित्तको ५.३८, राप्ती हाइड्रोको ४.६३, बुटवल पावरको ४, कर्पोरेट डेभलपमेन्ट बैंकको ३.९७ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा युनियन हाइड्रोपावर, नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, सीईडीबी होल्डिङ्स र शिवम् सिमेन्ट छन् ।
प्रतिक्रिया 4