+
+
Shares

प्रचण्डले भने- महाधिवेशनअघि कसैसँग एकता भइहालेमा चिज अर्कै ढंगले जान्छ

प्रचण्डको यो अभिव्यक्तिले पार्टी महाधिवेशन आगामी मंसिरमै हुन्छ कि हुँदैन भन्नेमा शंका पैदा गरेको ती नेताको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ८ गते १५:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता नभए आगामी मंसिरमा महाधिवेशन गरेर नयाँ नीति र नेतृत्व चयन गर्ने बताएका छन्।
  • प्रचण्डले महाधिवेशनअघि पार्टी एकता भए चिज अर्कै ढंगले जाने बताएपछि पार्टी महाधिवेशनको समयशिलामा शंका उत्पन्न भएको छ।
  • नेकपा माओवादी केन्द्रले असोज ९ गते केन्द्रीय समितिको बैठक बोलाएर पार्टी कमिटी भंग गरी महाधिवेशन आयोजक समिति गठन गर्ने निर्णय गर्ने तयारी गरेको छ।

८ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कसैसँग पार्टी एकता भइहालेमा आगामी महाधिवेशन नहुने बताएका छन् ।

यदि एकता नभएमा आगामी मंसिरमा महाधिवेशन गरेर नयाँ नीति र नेतृत्व चयन गर्ने उनको भनाइ छ ।

आज बसेको स्थायी कमिटीको बैठकमा अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक अवस्था र पार्टी संगठनका विषयमा जानकारी गराएका थिए ।

त्यसक्रममा विभिन्न दलहरुसँग पार्टी एकताको प्रयास पनि भइरहेको उनले बताएको स्रोत बताउँछ ।

स्रोतका अनुसार नेकपा माओवादीले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायतसँग पार्टी एकताको प्रयासमा छलफल चलाइरहेको स्रोत बताउँछ ।

बैठक स्रोतले भन्यो, ‘महाधिवेशनअघि कसैसँग पार्टी एकता भइहालेमा चिज अर्कै ढंगले जान्छ भनेर अध्यक्ष प्रचण्डले भन्नुभएको छ ।’ प्रचण्डको यो अभिव्यक्तिले पार्टी महाधिवेशन आगामी मंसिरमै हुन्छ कि हुँदैन भन्नेमा शंका पैदा गरेको ती नेताको भनाइ छ ।

तर बैठकपछि नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले दिएको जानकारी अनुसार आगामी मंसिरमा महाधिवेशन गर्नुअघि अध्यक्ष प्रचण्डले सबै पार्टी कमिटी भंग गर्ने बताएका छन् ।

पार्टी कमिटी भंग भएपछि प्रचण्डको नेतृत्वमा महाधिवेशन आयोजक समिति बन्ने उनले बताए ।

त्यसका लागि माओवादी केन्द्रले असोज ९ गते काठमाडौंमा केन्द्रीय समितिको बैठक बोलाएको छ ।

सो बैठकले औपचारिक रुपमा केन्द्रीय कमिटी भंग गरेर महाधिवेशन आयोजक समिति गठनको निर्णय गर्ने नेताहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?