+
+
Shares

‘वरिष्ठ बलराम’को लोकभाका ‘न्याउली बनैमा’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ८ गते १६:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'वरिष्ठ बलराम'को गीत 'न्याउली बनैमा' ६ कात्तिक तिहारको भाइटीकामा युट्युबमा रिलिज भएको छ।
  • गीत रोमान्टिक, नृत्यपरक र भावपरक शैलीमा कम्पोज गरिएको छ र ग्रामीण जनजीवनलाई प्रस्तुत गर्छ।
  • विजय बराल र समृद्धि अर्यालले गीतमा रोमान्टिक भूमिका निभाएका छन् र प्रशान्त शिवाकोटीले संगीतबद्ध गरेका छन्।

काठमाडौं । ६ कात्तिक अर्थात तिहारको भाइटीकामा प्रदर्शन तयारीमा रहेको फिल्म ‘वरिष्ठ बलराम’को गीत ‘न्याउली बनैमा’ युट्युबमा रिलिज भएको छ ।

लोकभाकाको यो गीत रोमान्टिक, नृत्यपरक र भावपरक शैलीमा कम्पोज गरिएको छ । दर्शक तथा श्रोतालाई यसले ग्रामीण जनजीवन, सम्बन्ध र शैलीलाई महसुस गराउँछ ।

गीतमा विजय बराल र समृद्धि अर्याल रोमान्टिक देखिएका छन् । आकर्षक ग्रामीण छायांकन सेटमा उनीहरूलाई कोरस डान्सरहरूसँग नाचेको देख्न सकिन्छ ।

प्रशान्त शिवाकोटीद्वारा संगीतबद्ध गीतमा शान्तिश्री परियार र प्रशान्त स्वयमको आवाज छ । लेखन पनि प्रशान्तले गरेका हुन् ।

सुरेन्द्र पौडेल निर्देशित फिल्मको निर्माण आशिष तामाङ र श्रीराज कार्कीले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?