
९ असोज, काठमाडौं । अध्यागमन विभागको सेवा दशैंको टीकाको दिन मात्र बन्द हुने भएको छ । दशैंको सार्वजनिक बिदाको अन्य दिनहरुमा पनि सेवा जारी रहने छ ।
दशैंको बिदा अवधिमा टीकाको दिनबाहेक अन्य दिनमा पर्यटक भिसा र एजेन्सी शाखा खुला राख्ने विभागले जनाएको छ ।
सरकारी कार्यालयहरुमा दशैंको फूलपातिको दिनदेखि नै सार्वजनिक बिदा दिने गरिन्छ । तर अध्यागमन विभागले फूलपातिदेखि नवमीसम्म पनि सेवा जारी राख्ने जनाएको हो । बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पर्यटक भिसा शाखा र एजेन्सी शाखाबाट प्रदान गरिने सेवा सञ्चालन गरिने विभागका अध्यागमन अधिकृत शिवकुमार अधिकारीले बताए ।
यही असोज १६ गते दशैंको टीकाको दिनमा भने यी सेवा पनि बन्द हुनेछन् ।
विभागले जारी गरेको सूचनामा दशैं अवधिको सार्वजनिक बिदामा मुख्य दिनबाहेक सबै दिनमा सेवा सञ्चालनमा रहने उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4