+
+
Shares

तेस्रो सन्तानकी आमा बनिन् पपस्टार रिहाना

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ९ गते १०:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्वप्रसिद्ध पप गायिका रिहानाले सेप्टेम्बर १३ मा तेस्रो सन्तानको रुपमा छोरी रकी आइरिस मेयर्सलाई जन्म दिएकी छिन्।
  • रिहानाले सामाजिक सञ्जालमा नवजात छोरीको पहिलो तस्वीर सेयर गर्दै जन्म मिति र नाम जानकारी गराएकी छिन्।
  • रिहाना र एएसएपी रकीको तीन सन्तान छन्, दुई छोरा र एक छोरी, र उनीहरूले सन् २०२० मा डेटिङ सुरु गरेका थिए।

काठमाडौं । विश्वप्रसिद्ध पप गायिका रिहानाले तेस्रो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी छिन् ।

३७ वर्षे गायिकाले पुत्रीलाभ गरेको हलिउड मिडियाले जनाएका छन् । छोरीको पहिलो तस्वीर सामाजिक सञ्जालमा सेयर गर्दै उनले प्रशंसकलाई यसबारे जानकारी दिएकी छन् ।

गुलाबी रंगमा बेरिएकी उनकी छोरी आमाको काखमा शान्तिपूर्वक सुतिरहेको देखिन्छिन् । उनले पोस्टमा नवजात छोरीको जन्म मिति र नाम सेयर सेयर गरेकी छन् ।

सेप्टेम्बर १३ मा आफ्नो तेस्रो बच्चा रकी आइरिस मेयर्सलाई जन्म दिएको उनले उल्लेख गरेकी छन् ।

पुनः आमा बनेकोमा उनलाई बधाईको ओइरो छ । उनको घरका सबै सदस्यको नाम आरबाट आएको प्रशंसकले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

रिहाना र एएसएपी रकीका तीन सन्तान छन्, दुई छोरा, आरजेडए र रायट, र उनकी कान्छी छोरी, रकी आइरिस मेयर्स । यो जोडीले सन् २०२० मा डेटिङ सुरु गरेका थिए ।

पिपल म्यागजिनले एक स्रोतलाई उद्धृत गर्दै लेखेको छ, ‘रिहाना सँधै ठूलो परिवार चाहन्थिन् । रिहाना र रकी आफ्नो परिवार विस्तार गर्न धेरै उत्साहित छन् र आफ्ना छोरालाई अर्को भाइबहिनी दिन पाउँदा रोमाञ्चित छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?