
९ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी र केन्द्रीय समिति भंगको प्रस्ताव केन्द्रीय समितिमा प्रस्तुत भएको छ ।
काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी र केन्द्रीय समिति भंगको प्रस्ताव प्रस्तुत गरेका हुन् । त्यसक्रममा उनले महाधिवेशन आयोजक समितिको प्रस्ताव प्रस्तुत गरेका छन् ।
यो विषय माओवादी केन्द्रको पदाधिकारीबाट स्थयी समिति हुँदै केन्द्रीय समितिमा आएको हो । माओवादी केन्द्रमा पदाधिकारी र केन्द्रीय समिति भंगको निर्णय केन्द्रीय समितिले गर्न सक्ने व्यवस्था छ ।
प्रचण्डको प्रस्तावअनुसार केन्द्रीय समितिले निर्णय गरेपछि औपचारिक रुपमा पदाधिकारी र केन्द्रीय समिति भंग भएर महाधिवेशन आयोजक समिति बन्नेछ ।
आज प्रचण्डका यी लगायतका प्रस्तवमाथि पदाधिकारीबाट कुनै फरक राय वा प्रस्ताव भए प्रस्तुत गर्नेछन् । त्यसपछि प्रदेश अध्यक्षहरूको रिर्पोटिङ लिएर समुहगत छलफलमा गएर निर्णय प्रक्रियामा पुग्ने माओवादीको तयारी छ ।
प्रतिक्रिया 4