+
+
Shares

हुलास आल्मुनियमको बिक्री शाखा सतुंगलमा, अब काठमाडौं उपत्यकामा सेवा

हुलास आल्मुनियमको बिक्री शाखा चन्द्रागिरि नगरपालिका–१० सतुंगलमा रहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ९ गते १४:३६

काठमाडौं । हुलास स्टिलले हुलास आल्मुनियमको नयाँ बिक्री शाखा काठमाडौं सतुंगलमा सञ्चालनमा ल्याएको छ ।

यो बिक्री शाखा सञ्चालनमा आएपछि अब काठमाडौं उपत्यकाका ग्राहक तथा व्यवसायीहरूले झ्याल, जस्ता, ढोका, फ्रेम लगायत गुणस्तरीय हुलास आल्मुनियम तथा स्टिल सामग्रीहरू गुणस्तर सहित सही मूल्यमा सिधै खरिद गर्न सक्नेछन् ।

हुलास आल्मुनियमको बिक्री शाखा चन्द्रागिरि नगरपालिका–१० सतुंगलमा रहेको छ । यो शाखाबाट काठमाडौं उपत्यकामा सजिलो सेवा र भरपर्दो गुणस्तरीय सामान उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?