News Summary
Generated by OK AI. Editorially reviewed.- दक्षिण अफ्रिकाका फाफ डुप्लेसी र इंग्ल्यान्डका एलेक्स हेल्स एनपीएलका केही टिमहरूसँग कुराकानी गरिरहेको स्रोतले बताए।
- डुप्लेसी र हेल्सले टेस्ट राष्ट्रबाहेकको कोटाबाट अनुबन्ध हुने सम्भावना छ भने दुवै फ्रेन्चाइज क्रिकेटमा सक्रिय छन्।
- सुदूरपश्चिम रोयल्सले अस्ट्रेलियाका क्रिस लिनलाई एनपीएल २०२५ का लागि अनुबन्ध गरेको छ।
९ असोज, काठमाडौं । दक्षिण अफ्रिकाका स्टार ब्याटर फाफ डुप्लेसी र इंग्ल्यान्डका एलेक्स हेल्स एनपीएलका केही टिमहरूसँग कुराकानी गरिरहेको खुलेको छ ।
डुप्लेसी र हेल्स दुई फरक टिमसँग निरन्तर सम्पर्कमा रहेको एक फ्रेन्चाइज टोलीनिकट स्रोतले जानकारी दिएका हुन् ।
डुप्लेसी हाल फ्रेन्चाइज क्रिकेटमा मात्र सक्रिय छन् भने हेल्स पनि पछिल्लो २ वर्षभन्दा बढी समयदेखि राष्ट्रिय टोलीमा परेका छैनन् । त्यसकारण कुनै टोलीमा अनुबन्ध भएमा दुवै खेलाडी टेस्ट राष्ट्रबाहेकको कोटाबाटै अनुबन्ध हुनेछन् ।
अनुभवी ब्याटर फाफ डुप्लेसीले गत सिजनको आईपीएल २०२५ मा दिल्ली क्यापिटल्सबाट खेलेका थिए ।
हालसम्म सुदूरपश्चिम रोयल्सले मात्र विदेशी खेलाडी सार्वजनिक गरेको छ । अस्ट्रेलियाका क्रिस लिनले सुदूरबाट एनपीएल २०२५ खेल्ने पक्का भइसकेको छ ।
प्रतिक्रिया 4