
९ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपालको शासकीय प्रणालीको परिवर्तन अहिलेको सरकारको कार्यक्षेत्र भित्र नभएको उल्लेख गर्दै यसको आवश्यक परे पछि संवैधानिक प्रक्रियाबाटै संशोधन गर्न आह्वान गरेकी छन् ।
अहिले प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रणाली कायम गर्नुपर्ने कतिपय जेनजी आन्दोलनकारी लगायतले माग गरिरहेका बेला प्रधामन्त्री कार्कीले त्यस्तो गर्ने अहिले नसकिने स्पष्ट पारेकी हुन् ।
उनले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो चुनावको मूल लक्ष्य चुनावमा केन्द्रित रहेको उल्लेख गरेकी छन् ।
‘शासकीय प्रणालीको संशोधन विषय वर्ततमान सरकारको कार्यक्षेत्र भन्दा बाहिर भएकाले ले संवैधानिक प्रक्रियाबाटै संविधान संशोधनको गर्न आह्वन गर्दछु’ उनले भनिन् । जेनजी युवाहरुले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था नभए अर्को आन्दोलन हुने चेतावनी दिँदै आएका थिए ।
प्रतिक्रिया 4