+

रियललाई पछ्याउँदै बार्सिलोना

२०८२ असोज  १० गते ६:२९ २०८२ असोज १० गते ६:२९
रियललाई पछ्याउँदै बार्सिलोना

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्पानिस ला लिगामा बार्सिलोनाले रियल ओभिएडोलाई ३-१ ले पराजित गर्दै शीर्ष स्थानको रियल मड्रिडलाई पछ्याइरहेको छ।
  • बार्सिलोनाका एरकि गार्सियाले ५६औं मिनेटमा बराबरी गोल गरेपछि रोवर्ट लेवान्डोस्की र कप्तान रोनाल्डो अराउजोले गोल गरे।
  • बार्सिलोनाले ६ खेलबाट १६ अंक जोडेर दोस्रो स्थानमा पुगेको छ भने रियल मड्रिड १८ अंकसहित शीर्ष स्थानमा छ।

१० असोज, काठमाडौं । स्पानिस ला लिगामा बार्सिलोनाले बिहीबार राती भएको खेलमा रिएल ओऐिएडोमाथि ३-१ को पुनरागमन जित निकाल्दै शीर्ष स्थानको रियल मड्रिडलाई पछ्याइरहेको छ ।

घरेलु मैदानमा अल्बर्टो रेइनाले ३५औं मिनेटमा गोल गर्दै रियल ओभिएडोलाई अग्रता दिलाएका थिए । तर उसले त्यो कायम राख्न सकेन भने साविक विजेता बार्सिलोनाले दोस्रो हाफमा पुनरागमन गर्दै तीन गोल गरेको हो ।

बार्सिलोनाका लागि एरकि गार्सियाले ५६औं मिनेटमा बराबरी गोल पर्काएका थिए  ।त्यसपछि रोवर्ट लेवान्डोस्कीले ७०औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए । कप्तान रोनाल्डो अराउजोले ८८औं मिनेटमा गोल गर्दै बार्सिलोनाको जित पक्का गरे ।

यस सिजन पाँचौ खेल जितेको बार्सिलोनाले ६ खेलबाट १६ अंक जोडेर दोस्रो स्थानमा छ । रियल शतप्रतिशत जितसहित १८ अंक जोडेर शीर्ष स्थानमा छ ।

ला लिगा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय