+
+
Shares

गाडी भाडामा कालोबजारी नगर्न विभागको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १० गते १६:४८
फाइल तस्वीर

१० असोज, काठमाडौं । यातायात व्यवस्था विभागले चाडबाडको समयमा गाडी भाडामा कालोबजारी नगर्न चेतावनी दिएको छ ।

पूर्वनिर्णय, स्वीकृति भाडादर तथा प्रचिलत कानुनको प्रतिकूल हुने गरी बढी भाडा असुल्ने, टिकटको कालाबजारी गर्ने र टिकट बिक्री वितरण असहज बनाएको गुनासो नागरिक स्तरबाट आएको भन्दै विभागले सो काम तत्काल रोक्ने भनेको छ ।

प्रचलित कानुन अनुसार मात्र भाडा लिन र सार्वजनिक यातायात व्यवस्थित गराउन विभागले सरोकारवालालाई भनेको छ ।

निर्णय विपरीत भाडा लिएमा वा टिकटमा कालाबजारी गरेमा कानुन अनुसार कारबाही हुने चेतावनी विभागले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?