
११ असोज, काठमाडौं । पहिरोका कारण देखिएको इन्धन आपूर्तिमा समस्या समाधान भएको छ ।
मुग्लिन क्षेत्रको पहिरोका कारण पृथ्वी राजमार्गअन्तर्गतका अधिकांश पेट्रोलपम्पहरूमा इन्धन अभाव भएको थियो ।
पहिरोले ट्यांकर पास हुन नसकेपछि पेट्रोल पम्पमा इन्धन अभाव देखिएको थियो । तर, यो समस्याको समाधान भइसकेको नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले बताए ।
‘मुगलिन-नारायणगढ सडक खण्ड अवरुद्ध भएको कारणले पृथ्वी राजमार्ग अन्तर्गतका पेट्रोल पम्पहरूमा देखिएको पेट्रोलियम पदार्थको अभाव समाधान भइसकेको र अब सो राजमार्ग अन्तर्गतका पेट्रोल पम्पहरूमा पेट्रोलियम पदार्थको अभाव नरहेको व्यहोरा सम्पूर्ण सरोकारवाला पक्षलाई जानकारी गराउन चाहन्छु’, उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4