+
+
Shares

आयल निगममा तेल चोरी घटना छानबिन गर्न समिति गठन

आयल निगमले शुक्रबार गुणस्तर नियन्त्रण तथा अनुगमन विभागका निर्देशक विधि श्रेष्ठको नेतृत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १३ गते १८:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल आयल निगमले थानकोट डिपोबाट भएको तेल चोरीको छानबिन गर्न ४ सदस्यीय समिति गठन गरेको छ।
  • समितिमा गुणस्तर नियन्त्रण, प्रशासन, आन्तरिक नियन्त्रण र एलपीजी विभागका प्रतिनिधि छन्।
  • समाचारपछि तेल चोरीको घटनामा संलग्न कर्मचारी र चालकविरुद्ध कारबाहीको प्रक्रिया सुरु भएको निगमले जनाएको छ।

१३ असार, काठमाडौं । नेपाल आयल निगमले थानकोट डिपोबाट भएको तेल चोरी घटनाको छानबिन गर्न ४ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

आयल निगमले शुक्रबार गुणस्तर नियन्त्रण तथा अनुगमन विभागका निर्देशक विधि श्रेष्ठको नेतृत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

छानबिन समितिमा श्रेष्ठको नेतृत्वमा प्रशासन विभागबाट १ जना, आन्तरिक नियन्त्रणबाट १ जना र एलपिजी तथा एभिएसन विभागबाट १ जना गरी ४ जनाको समिति गठन गरिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।

निगमको थानकोट डिपोबाट कर्मचारीकै मिलेमतोमा तेल चोरीका घटना बढ्दै गएको र त्यस्ता घटनामा कर्मचारी भने जोगिने गरेको तथा पछिल्लो पटक ३० जेठ २०८२ मा थानकोट डिपोका अपरेसन अधिकृत गणेशराज जोशीले ना. ४ ख ९४२२ नम्बरको ट्यांकरमा थप ३ सय लिटर तेल बाहिर पठाएको समाचार अनलाइनखबरले शुक्रबार बिहान प्रकाशित गरेको थियो ।

समाचार प्रकाशित भएपछि आयल निगमले शुक्रबार दिउँसो छानबिन समिति गठन गरेको हो ।

उक्त ट्यांकरले सलम्बुदेवी आयल स्टोरका लागि २० हजार लिटर इन्धन ढुवानी गर्ने क्रममा बाटोमा रोकी च्याम्बरको मेनहोलबाट बाल्टिनमा खन्याइरहेको अवस्थामा समातिएको थियो ।

यसरी ट्यांकरले तेल चोर्दाचोर्दै कसैले कार्यालय प्रमुखलाई जानकारी गराएपछि निगमको बागमती प्रादेशिक कार्यालय प्रमुख तथा थानकोट डिपो प्रमुख अशोक साहले उक्त ट्यांकरका धनी मंगल ढुवानी सेवालाई १ असारमा स्पष्टीकरण सोधेका थिए । त्यसयता उक्त ट्यांकरलाई ढुवानी कार्यमा रोक लगाइएको छ ।

जबकि, डिपो प्रमुख र तेल डिस्प्याच गर्ने अधिकारीको संलग्नताविना यस्तो घटना हुनै नसक्ने आयल निगम स्रोत बताउँछ । तर, प्रादेशिक प्रमुख तथा डिपो प्रमुख साहले आफू ‘बच्न’ र अपरेसन अधिकृत जोशीलाई बचाउन निगमको मंगल ढुवानी सेवालाई १ असारमा तीन दिनभित्र स्पष्टीकरण बुझाउन भनेका थिए ।

स्पष्टीकरण पत्रमा निगमसँग ढुवानी सम्झौतामा रहेको २० हजार किलोलिटर क्षमताको उक्त नम्बरको ट्यांकर चालकले ३० जेठमा थानकोट डिपोबाट तेल लोड भएर गएपछि बाटोमा तेल चोरी गरेको उल्लेख छ ।

यस्तो गैरकानुनी काम गर्ने ट्यांकर चालकलाई पेट्रोलियम पदार्थ ढुवानी विनियमावली अनुसार कारबाही किन नगर्ने भन्दै निगमले तीन दिनभित्र स्पष्टीकरण पेस गर्न भनेको थियो । स्पष्टीकरण पेस नगरे निगमको ढुवानी विनियमावली अनुसार कारबाही गरिने प्रादेशिक कार्यालयको पत्रमा उल्लेख छ ।

तर, निगम व्यवस्थापनका उच्च अधिकारीहरूको ‘मिलेमतो’ मै हुने गरेका अधिकांश तेल चोरीका घटनामा ट्यांकर चालक र खलाँसीलाई मात्र कारबाही हुने गरे पनि संलग्न निगमकै कर्मचारीहरू भने उम्किने गरेको पाइन्छ ।

यसरी चोरी गरी बाहिर पठाएको तेल ट्यांकर चालकले आफूसँग सम्पर्कमा भएको राजधानी र आसपास पम्पमा केही सस्तो मूल्यमा बिक्री गर्छन् । यसरी बिक्रीबाट प्राप्त रकम निगम उच्च तहका कर्मचारीका भागमा पनि पुग्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?