
११ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओपन सोसाइटी नामको संस्थाका मुख्य लगानीकर्ता एवम् अर्बपति डेमोक्रेटिक डोनर जर्ज सोरसमाथि अनुसन्धान गर्न सरकारी वकिलहरुलाई निर्देशन दिएका छन् ।
जर्ज सोरस ओपन सोसाइटी भन्ने संस्थाको मुख्य लगानीकर्ता हुन् । ओपन सोसाइटी नेपालमा सञ्चालित विभिन्न संस्थाहरुको दातासमेत हो ।
यस संस्थामाथि जनता भड्काउने, आतंक फैलाउने लगायतका गतिविधि गरेको ट्रम्पको आरोप छ । ट्रम्पले जर्ज सोरसलाई जेल हाल्नुपर्ने अभिव्यक्ति दिँदै आएका थिए ।
उनको निर्देशन पछि डिपार्टमेन्ट अफ जस्टिसका एक वरिष्ठ अधिकारीले आधा दर्जनभन्दा बढी अमेरिकी सरकारी वकिल कार्यालयहरूलाई सोरसमाथि अनुसन्धान गर्न भनेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
सरकारी वकिलहरु उनीमाथि लगाउन सकिने मुद्दाको गृहकार्यमा जुटेको बताइएको छ ।
जर्ज सोरस मुख्य लगानीकर्ता रहेको ओपन सोसाइटीले विश्वभर लोकतान्त्रिक पहलहरुलाई आर्थिक सहयोग गर्दछ । साथै मानवअधिकार र समानताका लागि काम गर्नेहरुको दाता पनि ओपन सोसाइटी हो । तर उनीमाथि ट्रम्प र केही रिपब्लिकनहरूले अशान्ति र हिंसालाई बढावा दिइरहेको आरोप लगाउने गर्दछन् ।
भारतमा पनि बदनाम छन् जर्ज सोरस
जर्ज सोरसमाथि भारतविरुद्ध गतिविधि गरेको आरोप समेत लाग्ने गरेको छ । भारतीय टेलिभिजन च्यानल जी न्युजकोे अनलाइन संस्करणले उनलाई भारत विरोधी र निकै बदनाम पात्रको रुपमा उल्लेख गरेको छ ।
उनीसँग जोडिएका संस्थाले कश्मिरको विषयमा प्रोपोगाण्डा फैलाउने काम गरेको समाचारमा उल्लेख छ ।
अमेरिकाको क्यालिफोर्निया भएको हिंसा र आगजनीका घटनामा पनि सोरसबाट फण्डिङ गरिएका संस्थाहरुसमेत संलग्न भएको आरोप छ ।
प्रतिक्रिया 4