+
+
Shares

रविको विकल्प खोज्नेहरू बाहिरिनु नै उचित हुन्छ : चौधरी

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ११ गते २२:०४

११ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य अशोक चौधरीले पार्टी र सभापति रवि लामिछानेको विकल्प खोज्नेहरूलाई यात्राबाट बाहिरिन सुझाव दिएका छन् ।

पार्टीमा नयाँ नेतृत्वको बहस पेचिलो बन्दै जाँदा आजै मात्रै अर्की केन्द्रीय सदस्य तोसिमा कार्कीले विशेष महाधिवेशनको माग गरेकी थिइन् ।

यसैबीच, केन्द्रीय सदस्य चौधरीले कसैको नाम उल्लेख नगरी आफूलाई मात्र नैतिकताको संरक्षक ठान्दै अरुलाई दोषारोपण गर्नु भ्रम फैलाउने प्रवृत्ति भएको जिकिर गरेका छन् ।

‘तपाईंलाई कसैले रोक्यो भनेर आफूलाई पीडित प्रस्तुत गर्नु र अरुलाई अवसरवादी ठहराउनु स्वार्थपूर्ण राजनीति हो,’ उनले भनेकी छिन्, ‘यस्तो परिस्थितिमा रास्वापा र रवि लामिछानेको विकल्प खोज्नेहरूको लागि यस यात्राबाट बाहिरिनु नै उचित विकल्प हो ।’

उनले थप भनेका छन्, ‘जेनजी आन्दोलनमा सबै नागरिकले आफ्नै तरिकाले योगदान गरेका छन् । तपाईंले मात्र प्रतिवाद गर्नुभयो भनेर अरुलाई गद्दार ठहराउनु अहंकारपूर्ण व्यवहार हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?