
News Summary
Generated by OK AI. Editorially reviewed.- आइतबार नेप्से परिसूचक ११.५१ अंकले बढेर २६६३.५१ मा पुगेको छ।
- अन्तरिम सरकारले पूँजीबजार सुधार कार्यदल गठन गरी सेयर बजार सुधारका लागि ग्राहक सीमा र होल्ड अवधि हटाउन सुझाव दिएको छ।
- आइतबार ३१४ कम्पनीको ७५ लाख ११ हजार कित्ता सेयर २ अर्ब ९३ करोड रुपैयाँमा कारोबार भएको छ।
१२ असोज, काठमाडौं । दशैं बिदा अगाडि अन्तिम कारोबार दिन आइतबार सेयर बजार ११.५१ अंकले बढेर बन्द भएको छ ।
आइतबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटे पनि कारोबार रकम भने ३ अर्बमा सीमित भएको हो ।
अन्तरिम सरकारले पूँजीबजार सुधार सुझाव कार्यदल गठन गरेको थियो । उक्त, कार्यदलले सेयर बजार सुधारका लागि तत्काल गर्नुपर्ने काममा सेयर बजारको एकल ग्राहक सीमा हटाउन सुझाएको छ ।
त्यसैगरी बैंक तथा वित्तीय संस्थाले सेयर खरिद गरेपछि एक वर्ष ‘होल्ड’ गर्नुपर्ने व्यवस्था तत्काल हटाउन सुझाव दिएको छ । कार्यदलले सेयर बजार सुधार हुने गरी तत्काल, मध्यकाल र दीर्घकाल गरी बजार सुधारका सुझाव दिएको छ ।
कार्यदलले दिएका सुझाव सरकारले कार्यान्वयन गरको खण्डमा बजार बढ्ने अपेक्षा लगानीकर्तामा छ । त्यसले गर्दा पनि बजार सकारात्मक भएको हो ।
साथै, दशैंपछि मात्रै धितोपत्र बजार खुल्ने भएकाले आइतबारको कारोबारको राफसाफ पनि दशैंपछि नै हुने भएकाले कारोबार रकममा भने कमी आएको छ ।
आइतबार ०.४३ प्रतिशतले बढेको बजार सूचक २६६३.५१ बिन्दुमा रोकियो । आइतबार होटल र पर्यटन, व्यापार र अन्य समूहका उपसूचकको मूल्य घट्यो । अन्य सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै (०.९६ प्रतिशत) म्युचअल फन्डका लगानीकर्ताले कमाएका छन् ।
आइतबार नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ ०.८४, विकास बैंक ०.४९, वित्त ०.१०, जलविद्युत् ०.७०, लगानी ०.१४, जीवन बीमा ०.८०, उत्पादनमूलक ०.५१, लघुवित्त ०.५९, सामूहिक लगानी कोष ०.९६ र निर्जीवन बीमा ०.३२ प्रतिशतले बढेका छन् । तर, अन्य ०.१४, व्यापार १.२८ र होटल समूह ०.१५ प्रतिशतले घटेका छन् ।
आइतबार नेप्सेमा ३ सय १४ कम्पनीको ३९ हजार ८ सय ५९ कारोबारबाट २ अर्ब ९३ करोड रुपैयाँ बराबरको ७५ लाख ११ हजार कित्ता सेयर खरिद बिक्री भएको नेप्सेले जनाएको छ । आइतबार ग्लोबल आईएमई समुन्नत योजनाको मूल्य प्रतिइकाइ १० प्रतिशतका दरले बढेको छ ।
प्रतिक्रिया 4