
News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले पोखराबाट आँबुखैरेनीसम्मको सडकलाई मुग्लिन पुलसम्म बिस्तार गर्न ‘राइट अफ वे’ निर्धारण गरेको छ।
- मर्स्याङ्दी जलविद्युत् आयोजनाको पावरहाउस छलेर आँबुखैरेनी–मुग्लिन सडक बिस्तारको बाटो खुलेको छ।
- मुग्लिनदेखि आँबुखैरेनीसम्मको सडकको केन्द्र रेखाबाट दायाँ–वायाँ १५–१५ मिटर गरी ३० मिटर मापदण्ड स्वीकृत गरिएको छ।
१२ असोज, काठमाडौं। पोखराबाट आँबुखैरेनीसम्म बिस्तार भएको सडक अब मुग्लिनसम्मै बिस्तार गर्न बाटो खुलेको छ।
सरकारले सडकको ‘राइट अफ वे’ निर्धारण गरेकाले अब सो सडकलाई मुग्लिन पुलसम्मै बिस्तारको बाटो खुलेको हो। यसअघि सडकको ‘राइट अफ वे’ निर्धारण नहुँदा आँबुखैरेनीबाट पश्चिमतर्फमा बाटो बिस्तार भएको छ।
आँबुखैरेनी–मुग्लिन पुल सडकखण्डको बिचमा सडक किनारमै मर्स्याङ्दी जलविद्युत् आयोजनाको पावरहाउस भएकाले आँबुखैरेनीबाट मुग्लिनतर्फको सडक बिस्तार हुन सकेको छैन। आइतबार बसेको मन्त्रिपरिषद बैठकले मर्स्याङ्दी जलविद्युत् आयोजनाको पावरहाउस छल्ने गरी सडक सीमा निर्धारण गरेको छ।
बैठकपछि सरकारका प्रवक्ता जगदीश खरेलले दिएको जानकारी अनुसार अब मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत मुग्लिनदेखि आँबुखैरेनीसम्म हालको राजमार्गको समानान्तर मुग्लिन बजारको पारिपट्टी त्रिशूली किनार (गोरखातर्फ) देखि मर्स्याङ्दी नदीको बायाँ किनार हुँदै मर्स्याङ्दी विद्युत् गृहको पारिपट्टी गोरखातर्फसम्म थप सडकको रेखांकन स्वीकृत गर्ने निर्णय भएको छ।
र, सडकको केन्द्र रेखाबाट दायाँ–वायाँ १५–१५ मिटर गरी ३० मिटरको सडकको मापदण्ड स्वीकृत गरिएको छ। एसियाली विकास बैंकको सहयोगमा बस्तार भएको पोखरा–आँबुखैरेनी सडक अब मुग्लिनसम्मै बिस्तार हुने अपेक्षा छ।
प्रतिक्रिया 4