
News Summary
Generated by OK AI. Editorially reviewed.- जिल्ला कारागार पर्वतले फरार भएका आठ कैदीबन्दीलाई एक साता भित्र फर्किन भनेको छ।
- कारागार प्रशासनले फरार बन्दी खोजी तथा पक्राउ कार्यदल गठन गरी सूचना निकालेर आग्रह गरेको छ।
- फरार कैदीबन्दीलाई लुकाउने वा आश्रय दिने व्यक्तिलाई कानुनबमोजिम कारबाही गरिने चेतावनी दिइएको छ।
१४ असोज, काठमाडौं । जिल्ला कारागार पर्वतले फरार भएका कैदीबन्दीलाई एक साता भित्र फर्किन भनेको छ ।
कारागार प्रशासनले फरार बन्दी खोजी तथा पक्राउ कार्यदल नै गठन गरेको छ । उक्त कार्यदलले सूचना निकालेर यस्तो आग्रह गरेको हो । एक साताभित्र नफर्किए आश्रय दिनेलाई समेत कारबाही हुने चेतावनी दिइएको छ ।
गत भदौ २४ गते जेनजीको प्रदर्शनका क्रममा कैदीबन्दी भागेका थिए । भागेका मध्ये आठ जना अझै नफिर्किएको सूचनामा उल्लेख छ ।
सूचनामा उल्लेख भएअनुसार जवरजस्ती करणी सम्बन्धी कसुरका दोषी चार जना रहेका छन् । कर्तव्य ज्यानसम्बन्धी कैदी एक जना र सहकारी सम्बन्धी थुनुवा चार जना रहेका छन् ।
समयमै नफर्किए फरार कैदीबन्दीहरूलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई समेत कसूरदार ठानी प्रचलित कानुनबमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4