+
+
Shares

सगरमाथा जाने पर्यटकलाई लक्षित गर्दै रामेछाप–लुक्ला हवाई उडान

मौसम अनुकुल भएको समयमा दैनिक ५० देखि ६५ वटासम्म उडान भइरहेको नागरिक उड्डयन प्राधिकरण रामेछापका सूचना अधिकारी प्रज्वल गुरागाईंले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १४ गते १५:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रामेछाप–लुक्ला हवाई उडान शरद ऋतुमा पर्यटकका लागि सुरु भएको छ।
  • नागरिक उड्डयन प्राधिकरणले दैनिक ५० देखि ६५ उडान भइरहेको जानकारी दिएको छ।
  • काठमाडौंबाट सडकमार्ग हुँदै मन्थली र त्यहाँबाट लुक्ला जाने सेवा विभिन्न कम्पनीले दिइरहेका छन्।

१४ असोज, रामेछाप । रामेछाप–लुक्ला हवाई उडान सुरु भएको छ ।

शरद ऋतुमा सगरमाथा आरोहण र आधार शिविर जाने पर्यटकहरूका लागि लक्षित हवाई उडान सुरु गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

विभिन्न कम्पनीहरूले काठमाडौंबाट सडकमार्ग हुँदै मन्थलीसम्म पर्यटक ल्याउने र यहाँबाट हवाई उडानमार्फत् लुक्ला लैजाने गरेका छन् । विमानस्थलबाट सीता, तारा र समिटलगायतका कम्पनीले सेवा दिँदै आएका छन् ।

मौसम अनुकुल भएको समयमा दैनिक ५० देखि ६५ वटासम्म उडान भइरहेको नागरिक उड्डयन प्राधिकरण रामेछापका सूचना अधिकारी प्रज्वल गुरागाईंले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?