+

नेपाली महिला क्रिकेट टोलीले मलेसियासँग खेल्दै

२०८२ असोज  १६ गते ६:४५ २०८२ असोज १६ गते ६:४५
नेपाली महिला क्रिकेट टोलीले मलेसियासँग खेल्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँगको टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेल आज कुआलालम्पुरमा विहान ११:४५ बजे खेल्दै छ।
  • नेपालले मलेसियासँग ११ पटक टी-२०आई खेल्दा ७ मा जित र ४ मा पराजित भएको छ, पछिल्लो खेल सन् २०२४ को एसीसी महिला प्रिमियर कपमा ४ विकेटले हार भएको थियो।
  • नेपालले आगामी जनवरीमा घरेलु मैदानमा हुने महिला टी-२० विश्वकप ग्लोबल छनोटका लागि तयारी स्वरूप अक्टोबर ८ सम्म पाँच खेलको शृंखला खेल्नेछ।

१६ असोज, काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँगको टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत आज पहिलो खेल खेल्दै छ । मलेसियाको कुआलालम्पुरमा हुने खेल विहान ११:४५ बजेदेखि सुरु हुनेछ ।

नेपालले मलेसियासँग हालसम्म ११ पटक टी-२०आई खेलेको छ जहाँ ७ खेलमा जित निकाल्दा ४ मा पराजित भएको छ ।

पछिल्लोपटक नेपालले मलेसियासँग सन् २०२४ को एसीसी महिला प्रिमियर कपमा खेलेको थियो जहाँ ४ विकेटले पराजित भएको थियो ।

यस शृंखलाअघि तयारी स्वरूप नेपालका खेलाडीहरू सेप्टेम्बर २४ देखि ३० तारिखसम्म मलेसियन सुपर वुमन सिरिजमा सहभागी भएका थिए । उक्त प्रतियोगितामा १४ खेलाडी फरक–फरक पाँच टोलीबाट खेलेर अनुभव बटुले।

नेपाली महिला टोलीले आगामी जनवरीमा घरेलु मैदानमै हुने महिला टी-२० विश्वकपको ग्लोबल छनोट खेल्दै छ । त्यसको तयारीका लागि यो सिरिज खेल्न लागिएको हो ।

आगामी अक्टोबर ८ सम्म शृंखलाका ५ खेल हुनेछन्।

नेपालको टोली : इन्दु बर्मा, पूजा महतो, राजमती ऐरि, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु बिस्ट, रचना चौधरी, रुबी पोद्दार, यशोदा बिस्ट, सावित्री धामी, कविता कुँवर, रुबिना क्षेत्री, सीता राना मगर छन् ।

नेपाली महिला क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय