+
+
WC Series
पोखरा एभेन्जर्स 2025
46/3 (7.2)
VS
७६ बलमा १२० रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

प्रधानमन्त्री कार्कीले दशैंको टीका नलगाउने

प्रधानमन्त्री सुशीला कार्कीले यस वर्ष दशैंको टीका नलगाउने र सर्वसाधारणलाई पनि नलगाइदिने उनको सचिवालयले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १६ गते ५:५९

१६ असोज, काठमाडौं । यस वर्षको बडादशैंका दिन प्रधानमन्त्री सुशीला कार्कीले टीका नलगाउने उनको सचिवालयले जनाएको छ ।

बडादशैं हर्सोल्लासका साथ मनाउने पर्व भए पनि जेनजी युवा पुस्ताको आन्दोलनका क्रममा ७६ जना युवाहरूले ज्यान गुमाउनु परेको तथा धेरै घाइते भएको पीडा अझै ताजै भएकाले प्रधानमन्त्री कार्कीले यस वर्ष टीका नलगाउने प्रधानमन्त्री कार्कीको प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्री कार्कीले सर्वसाधारणलाई पनि टीका नलगाउने निर्णय गरेकी छन् ।

आज नेपालीहरुको महान चाड बडादशैंको मुख्य दिन आज आफन्तका हातबाट टीका र आशीर्वाद ग्रहण गरी मनाइँदै छ । दशैं घर वा पूजाकोठामा घटस्थापनका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी देवीदुर्गाको प्रसादको रुपमा टीका–जमरा मान्यजनको हातबाट ग्रहण गर्ने चलन छ ।

दशैं आफैंमा शुभ दिन भएकाले टीका लगाउन साइत हेरिराख्नु नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । तर राज्य सञ्चालकका लागि भने बिहान ११ बजेर ५३ मिनेटमा टीकाको उत्तम साइत निर्धारण गरिएको समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?